मंगलबार , अषोज २७, २०८३

मेलम्चीबाट आएको पानी काठमाडौँबासीमा घर घरमा पुगेको छ । अघिपछि बन्द रहने धाराबाट पानी आएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले महाङ्कालस्थित पानी सङ्कलन तथा प्रशोधन केन्द्रबाट चावहिल, सरस्वतीनगर, गौशाला, एयरर्पोट क्षेत्रका वितरण प्रणालीमा पानी पठाएको हो ।

काठमाडौँ चुच्चेपाटीका माधव डंगोलले पनि मेलम्चीको पानी धाराबाट झर्दा खुसी व्यक्त गरे । उनले भने–‘यसरी पानी झर्दा त खुसी नै लागिरहेको छ । सधैंभरी यसरी नै पानी आइरहे त राम्रै हो । पहिलेजस्तो नहोस् ।’ पहिले ३ दिनमा २ घण्टा पानी आाउदा समस्या भएको बताउँदै उनले ड्रममा पानी भरेर राख्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘अब सधैंभरी यसरी नै पानी आयो भने ड्रममा भरेर राख्नुपरेन । समस्याको हल भयो ।’

होली पर्वका दिन पारेर महाङ्काल पानी ट्याङ्कीबाट भल्भ खोलेर केयूकेयलका कार्यकारी निर्देशक मिलन कुमार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ भल्भको साँचो घुमाएर ट्याङ्कीमा भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाएका हुन् ।

आज २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको छ । यस्तै राती ८ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरण गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP