मंगलबार , अषोज २७, २०८३

नेपालमा वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ्ग खेली मनाउने प्राचीन परम्परा छ । यसै क्रममा अस्ट्रेलियाको डार्विन शहरमा  Nepalese Association of Northern Territory (NANT) ले यही शनिवार, २७ मार्चमा होली पर्वको आयोजना गरेको छ जसमा यहा बस्ने अधिकांस नेपालीको उपस्थिति रहेको थियो।

कोरनाको माहामारिले गर्दा २०२० मा होलि पर्व सबै संगै भएर मनाउन नपाएकोले पनि यस बर्ष अझ धेरै रमाइलो भएको  र यो पर्वमा पहिलेको तुलनामा धेरै नेपाली  संगै यहाका स्थानीय (बिदेशी ) साथीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। एक आपसमा रंग लगाएर ठुला बाट आर्शिवाद लिदै यो पर्व हर्ष र उल्लाशका साथ रमाइलो गरेको देखेर कार्यक्रम सफल भयको जानकारी दिय Nant अध्यक्ष युवराज पन्त।

डार्विनमा लामो समय देखि बस्दै आयका आभिभावक साथै  KBA Global का डाइरेक्टर शम्भु कंडेल भन्छन, निकै ब्वास्थित तरिकाले आयोजना गरिएको यो कार्यक्रम निकै रमाइलो संग संम्पन्न भयो। होलिको मात्र नभई अब नेपालीले आयोजना गर्ने हरेक कार्यक्रममा येस्तै नेपालीको भरपुर उपस्थिति होस् भन्ने शुभकामना दिन चाहन्छु।

 

कार्यक्रममा उपस्थित जन सम्पर्क समिति नर्दन टेरोट्रीका सभापति सबिन बरालले, जति युवा वर्गको यो पर्वमा बाक्लो उपस्थित भयो त्यति मात्रामा यहाका पुराना डार्विनबाशी र अग्रज वर्गको उपस्थिति पातलो रहेको जानकारी दिय। आउदा हरेक कार्यक्रममा हरेक बर्गका नेपालीले आफ्नो चाड- पर्वको पर्वधन गर्न आफ्नो ठाउबाट सक्दो सहयोग गर्नु पर्ने र बिशेष नेपाली समुदाय सस्थाले आयोजना गरेको कार्यक्रममा उपस्थित भइ सहयोग गर्न पनि आग्रह गरे।

ठमेल नाइट्सका डिजेले उक्त फ्लोरलाइ संगीतमय बनाएका थिय भने खानामा पानीपुरी र मोमोले नेपाली समुदायको ध्यान तान्न सफल भएको थियो।  कार्यक्रममा ५०० जना भन्दा बढीको उपस्थिति रहेको जानकारी NANT उपाध्यक्ष राजीव थापाले दिय साथै सम्पूर्ण नेपाली संगै यस कार्यक्रमको शोभा बढाउँन उपस्थित सबैलाई NANT परिवारको तर्फबाट धन्यबाद संगै होलीको शुभकामना पनि ब्क्त गरे।  

उक्त कार्यक्रमका केहि तस्विरहरु :

Photo By Catch Smile

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP