शनिबार , बैसाख ६, २०८२

काठमाडौं उपत्यकामा आजबाट मेलम्चीको खानेपानी वितरण हुँदै छ । सरकारले आज काठमाडौंका चार स्थानबाट मेलम्ची खानेपानीे औपचारिक रूपमा वितरण गर्दै छ ।

२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको ३ दशकपछि उपत्यकावासीले मेलम्चीको खानेपानी भित्र्याउने भएका छन् ।

आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट पानी वितरण गरिने छ ।

एक हप्तामै दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि पाइपमा हुने ओभर लोडलाई ध्यानमा राख्दै आज जम्मा करीब ४ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।

काठमाडौंका यी स्थानमा पानी वितरण गर्न सुन्दरीजलबाट दैनिक करीब ४ करोड लिटर पानी आउने छ । मंगलवारबाट साढे ६ करोड र त्यसको २ दिनपछि अर्थात् बिहीवारबाट भने दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने बताए ।

काठमाडौं उपत्यकामा दैनिक १७ हजार लिटर पानी ल्याउने गरी सुन्दरीजलमा साढे ८ करोड लिटरका २ ओटा ट्रिटमेन्ट प्लान्ट तयार छन् । एउटा प्लान्ट परीक्षण हुनै बाँकी रहेकाले हाल साढे ८ करोड लिटर पानी आउने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP