शनिबार , जेठ २५, २०८२

एजेन्सी । म्यानमारमा शनिबार भएको प्रदर्शनकारी र सुरक्षाफौजबीचको झडपमा कम्तिमा ८९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । त्यहाँको राजनीतिक कैदीहरूका लागि सहयोगी संस्था (एएपीपी)का अनुसार शनिबार साँझको रिपोर्टअनुसार एकैदिन ८९ जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बालबालिका समेत रहेका छन् । शसस्त्र बल दिवसका दिन प्रदर्शनकारी र सुरक्षाफौजबीच भीषण झडप भएको बीबीसीले जनाएको छ । अमेरिका, ब्रिटेन र युरोपियन युनियनले उक्त हिंसाको भर्त्सना गरेका छन् ।

बेलायतका राजदूत डान चागले विज्ञप्ति जारी गर्दै भनेका छन् ‘निशस्त्र जनतालाई गोली हानेर म्यानमारको सुरक्षा फौजले आफ्नो प्रतिष्ठा गुमाइसकेको छ ।’ त्यस्तै अमेरिकी राजदूतावासले पनि त्यहाँको सुरक्षाफौजले ‘निशस्त्र नागरिकहरुलाई’ मारिरहेको आरोप लगाएको छ ।

म्यानमारको सेना प्रमुख मीन आङ लाङले शनिबारै राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रजातन्त्रको रक्षा गर्ने बताएका थिए र निर्वाचन हुने आश्वासन समेत दिएका थिए । यद्यपि, निर्वाचन कहिले गर्ने भन्ने विषयमा भने उनले खुलाएका छैनन् । गत फेब्रुअरीमा त्यहाँ सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोधमा त्यहाँ दैनिक प्रदर्शन हुँदै आएको छ । त्यसयता भएका हिंस्रक झडपमा ४ सय बढी प्रदर्शनकारीहरूको ज्यान गैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP