सोमबार , अषोज २६, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रुपले बढेको र अहिले संकट आएको टिप्पणी गरेका छन् । बिहीवार काठमाडौंमा भएको राष्ट्रिय कर दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले यस्तो टिप्पणी गरेका हुन् । उनले कोरोना भाइरस महामारी (कोभिड)को समयमा कर्जा प्रवाह गर्न राष्ट्र बैंकले मौद्रिक नीति सहज बनाउँदा नेपालको शेयर बजार र घरजग्गाको कारोबार अधिक वृद्धि भएको भन्दै त्यसको असर अहिले अर्थतन्त्रमा परेको दाबी गरे ।

राष्ट्र बैंकले पहिले लिएको लचिलो मौद्रिक नीतिले अनावश्यक ठाउँमा धेरै ऋण प्रवाह भएको बताउँदै उनले पछिल्लो समय मौद्रिक नीति सहज हुनुपर्ने समयमा भने झन् कडाइ गर्दा पनि अर्थतन्त्रमा केही असहजता भएको दाबी गरे । उनले मौद्रिक नीति सहज हुँदा बैंकबाट प्रवाह भएको कर्जा घरजग्गा कारोबार अनावश्यक रुपले वृद्धि भएको बताए ।

मानिसहरुले तेब्बर हुने आशले बैंकबाट ऋण लिएर जग्गा र टावरहरुमा पैसा लगाएकाले पनि अहिले अर्थतन्त्रमा समस्या देखिएको उनले बताए । अर्थमन्त्री महतले अब निजी क्षेत्रले विगतको पाठ सिकेर प्रतिफल नआउने क्षेत्रलमा तत्कालका लागि लगानी नगर्न आग्रह गरे । सरकारले पनि प्राथमिकताका क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ ।

अर्थमन्त्री महतले अहिलेको अर्थतन्त्रको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने बताए । उनले अर्थतन्त्रमा आजको आजै समस्या नआएको भन्दै अब सकारात्मकतर्फ अगाडि बढेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP