
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले टिममा कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् । यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् । निसान हमाल पनि यमन विरुद्ध खेल्ने टिममा छैनन् ।
नेपाली टोली:
गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ
मिडफिल्डर: एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु
फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी