मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । एकदिवसीय विश्वकप २०२३ को उपाधिका लागि आज आयोजक भारत र पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियाबीच खेल हुँदैछ ।खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

दुवै टोली दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिड्दैछन् । २००३ मा भीड्दा  अस्ट्रेलियाले १२५ रनले जित निकाल्दै उपाधि जितेको थियो ।
भारत चौथो पटक र अष्ट्रेलियाले आठौं पटक विश्वकपको फाइनल खेल्दैछ ।
यसअघि भारत सन् १९८३, २००३ र २०११ मा यस प्रतियोगिताको फाइनलमा पुगेको थियो । भारत एक दशक देखि उपाधिको खडेरी तोड्न चाहन्छ । भारतले पछिल्लोपटक २०१३ मा च्याम्पिन्स ट्रफीको उपाधी जितेको थियो । त्यसपछिका कुनैपपनि आइसिसीको उपाधि जितेको छैन ।अर्कोतर्फ अष्ट्रेलियाको टोली आठौं पटक विश्वकपको फाइनलमा पुगेको छ । टोलीले ७ मध्ये ५ फाइनल जितेको छ ।

अस्ट्रेलिया विगत २७ वर्षदेखि विश्वकपको फाइनलमा हारेको छैन। उसले पछिल्लो २४ वर्षमा सबै ४ वटा फाइनल जितेको छ । फाइनलमा अस्ट्रेलिया अन्तिम पटक सन् १९९६ मा श्रीलंकासँग पराजित भएको थियो ।

भारत र अस्ट्रेलिया जारी विश्वकपको पाँचौं लिग खेलमा पछिल्लो पटक आमनेसामने भएका थिए । भारतले ६ विकेटले जितेको थियो ।

भारत र अष्ट्रेलियाबीच हालसम्म कूल १५० ओडीआई खेलिएको छ । भारतले ५७ खेल जितेको छ भने अष्ट्रेलियाले ८३ खेल जितेको छ । १० खेल अनिर्णित रहेका छन् ।

भारतीय टोली विश्वकप २०२३ मा एउटा पनि खेल नहार्ने एकमात्र टोली हो। टोलीले लिग चरणका सबै नौ खेल जितेको थियो। भारतले अष्ट्रेलियालाई ६ विकेट, अफगानिस्तानलाई ८ विकेट, पाकिस्तानलाई ७ विकेट, बंगलादेशलाई ७ विकेट, न्यूजिल्याण्डलाई ४ विकेट, इङ्ल्यान्डलाई १०० रन, श्रीलंकालाई ३०२ रन, दक्षिण अफ्रिकालाई २४३ रन र नेदरल्याण्डलाई १६० रनले हराएको थियो ।

लगातार ९ जितपछि १८ अंकसहित शीर्ष स्थानमा रहेको टोली सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा पछिल्लो दुई उपविजेता न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै उपाधि जितेको हो ।

विश्वकपमा अस्ट्रेलियाको सुरुवात खराब रह्यो । टोली पहिलो खेलमा आयोजक भारतसँग ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा टोली दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो ।

लगातार २ हारपछि कंगारु टोलीले पुनरागमन गर्दै त्यसपछिका ७ खेल जितेको छ । टोलीले श्रीलंकालाई ५ विकेटले, पाकिस्तानलाई ६२ रनले, नेदरल्याण्डलाई ३०९ रनले, न्यूजिल्याण्डलाई ५ रनले, इङ्ल्यान्डलाई ३३ रनले, अफगानिस्तानलाई ३ विकेटले र बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो । लगातार ७ जितपछि १४ अंकसहित टोली सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै टोली फाइनलमा प्रवेश गरेको थियो ।

अहमदाबादको पिच ब्याट्सम्यानका लागि उपयोगी छ, तर  बलरलाई पनि मद्दत गर्छ। यहाँ  स्पिनरहरूले साथ पाउँछन्। हालसम्म यो पिचमा भएका ५ मध्ये ४ खेलमा पछ्याउने टोलीले ३ र पहिले ब्याटिङ गर्ने टोलीले १ खेल जितेको छ ।हालसम्म खेलिएका ३० ओडिआईमध्ये १५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ । पछ्याउने टोलीले १५ खेलमा जित हासिल गरेको छ ।

भारतले अहमदाबादमा १९ ओडिआई खेल्दा ११ मा जित निकालेको छ भने ८ मा हारेको छ । यहाँ पहिले ब्याटिङ गरेको टोलीले नौ खेलमध्ये पाँचमा जित र चार हार बेहोरेको छ। पछ्याउने क्रममा, १० खेल मध्ये, ६ जीत र ४ खेलमा हार ब्यहोरेको छ ।अष्ट्रेलियाले अहमदाबादमा अहिलेसम्म ६ ओडिआई खेलेको छ भने ४ जित र २ हारेको छ ।

पहिलो इनिङ्सको औसत कुल २४३ रन हो । यहाँ टिमको उच्चतम स्कोर ३६५ रन हो, जुन सन् २०१० मा भारत विरुद्ध दक्षिण अफ्रिकाले बनाएको थियो। सबैभन्दा कम स्कोर ८५ हो, जुन २००६ मा जिम्बाब्वेले वेस्ट इन्डिजविरुद्ध बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP