मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा आईतवार भारत र अस्ट्रेलिया भीड्दैछन् ।  फाइनल खेल आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सावा २ बजे हुनेछ ।  अस्ट्रेलिया सर्वाधिक उपाधि विजेता टिम हो । उसले हालसम्म ५ पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले  १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।

भारतले यसअघि दुईपटक विश्वकप जितेको छ ।  भारतले पछिल्लो पटक महेन्द्र सिंह धोनीको कप्तानीमा सन् २०११ मा फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । भारतले पहिलोपटक सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतले विश्वकप जितेको थियो ।

दुवै टिम २० वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा भीड्न लागेका हुन् । यसअघि यी दुई टिम सन् २००३ मा उपाधिका लागि भीडेका थिए, जसमा अष्ट्रेलियाले बाजी मारेको थियो । भारत घरेलु मैदानको फाइदा उठाउँदै तेस्रो पटक उपाधि जित्ने दाउमा छ । तर फाइनलमा अस्ट्रेलियालाई हराउन सहज भने हुनेछैन । अस्ट्रेलिया आठौंपटक फाइनलमा पुगेको हो । उसले पाँचपटक त उपाधि नै जितेको छ । भारत भने चौथोपटक फाइनल खेल्दै छ ।

भारतले जारी विश्वकपमा सबै १० खेल जितेको छ भने अस्ट्रेलियाले १० मध्ये आठ जितेको छ । तर शुरुवाती २ खेल हारेपछि अष्ट्रेलियाले जसरी आत्मविश्वासका साथ कम ब्याक गरेको छ, त्यसलाई पन्छाउन भारतलाई सहज हुनै छैन । तर भारतले यो विश्वकपमा जसरी सबै खेलहरुमा एकतर्फी जित निकालेको छ त्यसलाई चिर्न पनि अष्ट्रेलियालाई निकै कठिन छ, किनकी जुन आत्मविश्वास र लयका साथ भारत खेलिरहेको छ, त्यसले जस्तो सुकै टिमलाई हराउने सामथ्र्य राख्छ । यही विश्वकपको लिग चरणको खेलमा पनि भारतले अष्ट्रेलियालाई सहजै ६ विकेटले हराएको थियो ।
हेड टू हेडमा अष्ट्रेलिया अगाडि
हेड टू हेडमा अस्ट्रेलियाविरुद्ध भारतको रेकर्ड उत्साहजनक छैन । यसमा भारत कमजोर छ । दुई टिम हालसम्म १५० एकदिवसीय खेल खेलिसकेका छन् । जसमध्ये ८३ खेल अस्ट्रेलिया र ५७ भारतले जितेको छ । यी मध्ये आप्नो घरमा ३३ र अष्ट्रेलियाले ३८ खेल जितेको छ । न्यूट्रल भेन्युमा पनि अष्ट्रेलिया अघि छ । उसले १२ खेल जित्दा भारतले १० खेल जितेको छ । घरेलु मैदानमा भने भारतले कडा टक्कर दिने गरेको छ ।

भारतमा खेलिएका ७१ एकदिवसीय खेलमा भारतले ३३ खेल जितेको छ । यही वर्ष खेलिएका ७ मध्ये भारतले चार खेल जितेको छ ।  १० खेलमा नतिजा निस्कन सकेन् । विश्वकपमा दुई टिमबीच १३ खेल भएका छन् । जसमध्ये अस्ट्रेलियाले आठ र भारतले पाँच खेल मात्रै जितेको छ । यही विश्वकपमा भारतले अष्ट्रेलियालाई समूह चरणमा हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP