शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । चार देश सम्मिलित महिला टी २० आई सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ताञ्जानियासँग पराजित भएको छ । हङकङस्थित वाङ नाइमा नेपाल २७ रनले पराजित भएको हो ।
जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल खराब प्रदर्शन गर्दै १९ बल अघि नै ८८ रनमा अलआउट भयो । सीता राना मगरले सर्वाधिक ४३ रन बनाउँदै एक्लै जितका लागि संघर्ष गरेपनि हार टार्न सकिनन् । कप्तान इन्दु वर्माले १५ र काजल श्रेष्ठले ९ रन बनाईन । अरुले बिर्सन लायक प्रदर्शन गरे । चार जना शून्यमा आउट भए । पूर्वकप्तान रुबिना क्षेत्री एक बल पनि सामना नगरी रन आउट भइन् ।

नेपालको शुरुवात नै निकै खराब रह्यो । पहिलो ओभरदेखि नै विकेट गुमाउन शुरु गरेको नेपालले १७ रनमा पाँच विकेट गुमाइसकेको थियो । एक किनारमा सीता रानामगरले राम्रो खेले पनि उनले अर्को किनारबाट साथ पाउन सकिनन् । उनी ४३ रन बनाएर नवौं विकेटका रुपमा आउट भईन, जतिबेला टिमको स्कोर ८७ थियो र उनी आउट भएपछि नेपालको खातामा एक रन मात्रै थपियो  । ताञ्जानियाका लागि सोफिया जेरोमीले ३, नीमा पिउसले २ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै१ सय १५ रन बनाएको थियो । तान्जानियाका लागि हुडा अमोरीले सर्वाधिक २५ रन बनाइन्। एलिसा महतो २१, सौम एमताइले  १६, फतुमा किबासु ११ र मोनिका पास्कल १० रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।  नेपालका लागि संगिता राईले  २ विकेट लिइन्। पूजा महतो, रुविना क्षेत्री र कप्तान इन्दु बर्माले समान एक–एक विकेट बाँडे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP