शनिबार , जेठ ३२, २०८२

काठमाडौं । चार देश सम्मिलित महिला टी २० आई सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ताञ्जानियासँग पराजित भएको छ । हङकङस्थित वाङ नाइमा नेपाल २७ रनले पराजित भएको हो ।
जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल खराब प्रदर्शन गर्दै १९ बल अघि नै ८८ रनमा अलआउट भयो । सीता राना मगरले सर्वाधिक ४३ रन बनाउँदै एक्लै जितका लागि संघर्ष गरेपनि हार टार्न सकिनन् । कप्तान इन्दु वर्माले १५ र काजल श्रेष्ठले ९ रन बनाईन । अरुले बिर्सन लायक प्रदर्शन गरे । चार जना शून्यमा आउट भए । पूर्वकप्तान रुबिना क्षेत्री एक बल पनि सामना नगरी रन आउट भइन् ।

नेपालको शुरुवात नै निकै खराब रह्यो । पहिलो ओभरदेखि नै विकेट गुमाउन शुरु गरेको नेपालले १७ रनमा पाँच विकेट गुमाइसकेको थियो । एक किनारमा सीता रानामगरले राम्रो खेले पनि उनले अर्को किनारबाट साथ पाउन सकिनन् । उनी ४३ रन बनाएर नवौं विकेटका रुपमा आउट भईन, जतिबेला टिमको स्कोर ८७ थियो र उनी आउट भएपछि नेपालको खातामा एक रन मात्रै थपियो  । ताञ्जानियाका लागि सोफिया जेरोमीले ३, नीमा पिउसले २ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै१ सय १५ रन बनाएको थियो । तान्जानियाका लागि हुडा अमोरीले सर्वाधिक २५ रन बनाइन्। एलिसा महतो २१, सौम एमताइले  १६, फतुमा किबासु ११ र मोनिका पास्कल १० रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।  नेपालका लागि संगिता राईले  २ विकेट लिइन्। पूजा महतो, रुविना क्षेत्री र कप्तान इन्दु बर्माले समान एक–एक विकेट बाँडे ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 116 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु