मंगलबार , अषोज २७, २०८३

काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलमन खेल शुरु हुँदैछन । मुम्बईको वानखेडेमा दिउँसो सवा २ बजे हुने पहिलो सेमिफाइनलमा आज  भारत र न्युजिल्याण्ड खेल्दैछन् ।

भारतीय टिम यो विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो भने न्यूजिल्याण्ड ५ खेल जितेर अन्तिम ४ मा पुगेको हो। एकदिवसीय विश्वकपमा भारतमाथि न्यूजिल्याण्डको अग्रता छ । प्रतियोगितामा यी दुईबीच १० वटा खेल भएकामा ५ खेल न्युजिल्यान्डले जितेको छ । ४ वटामा भारत विजयी भएको छ । । २०१९ मा एक खेल वर्षाका कारण अनिर्णित रह्यो। सन् २०१९ को विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई हराएको थियो।

विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पनि न्यूजिल्याण्डले भारतलाई हराएको थियो। दुवै टोली जारी  विश्वकपको २१ औं लिग खेलमा पछिल्लो पटक आमनेसामने भएका थिए ।जसमा भारत ४ विकेटले विजयी भयो । भारत र न्यूजिल्याण्डबीच हालसम्म कुल ११७ ओडीआई खेलिएको छ । भारतले ५९ र न्युजिल्यान्डले ५० खेल जितेको छ । ७ खेल अनिर्णित र एक खेल बराबरीमा सकिएको छ ।

वानखेडेले अहिलेसम्म कुल २७ ओडिआई खेलहरू आयोजना गरिसकेको छ। जसमा पहिलो इनिङ्समा ब्याटिङ गर्ने टोलीले १४ खेल जितेका छन् भने दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले १३ खेल जितेका छन् । अर्थात् पुराना कीर्तिमान हेर्दा यहाँ टसले कुनै महत्वपूर्ण भूमिका खेल्दैन । यहाँको उच्चतम टिम स्कोर ४३८ हो, जुन सन् २०१५ मा भारत विरुद्ध दक्षिण अफ्रिकाले बनाएको थियो। सबैभन्दा कम स्कोर ५५ रन  श्रीलंकाले भारतविरुद्ध बनाएको थियो।

खेलअघि मुम्बईको मौसममा कुनै समस्या छैन । आज मुम्बईको मौसम सफा रहनेछ।  त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्नेछन् ।  फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ मा खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP