मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेवाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

कलंकीस्थित एक पार्टी प्यालेसमा भएको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकपछि नेता पन्तले भने, ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धितीमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय गरेका छौं ।’

ओलीले विभाजन चाहेको आरोप

नेपाल समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग समेत गरेको छ । तर पार्टी अध्यक्ष ओली पार्टीको विधान अनुसार अगाडि बढ्छन् भन्ने नलागेको नेताहरुले बताएका छन् ।

पार्टी अध्यक्ष ओली, एमालेललाई विभाजन गरिछाड्ने दिशामा अगाडि बढेको भन्दै नेपाल समूहका एक केन्द्रीय सदस्यले नेताले भने, ‘उहाँ रोकिने बाला हुनुहुन्न । थप नेताहरुलाई स्पस्टीकरण सोध्नुका साथै कारबाही गर्न सक्नुहुन्छ ।’

अध्यक्ष ओली पेलेर अगाडि बढ्न खोजे चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलाको निर्णयअनुसार शक्ति निर्माण गरेर अगाडि बढ्ने नेपाल समूहको निर्णय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP