शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ। जारी आइसीसी विश्वकप क्रिकेटमा लिग समुहका अन्तिम चरणका खेल हुदैछन् । अब लिग चरणका तीन खेल हुन बाँकी रहेका छन् । यसैबीच आज दुई खेल हुदैछ । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच खेल हुदैछ । यो खेल पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन को मैदानमा नेपाली समय अनुसार नेपाल इसम्य अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ र सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन । तर बंगलादेशका लागि भने २०२५ को च्याम्पियन्स ट्रफीमा छनौटका लागि यो खेलको जित आवश्यक रहेको छ । अहिले बंगलादेश आठौ स्थानमा रहेको छ ।

त्यसैगरी आज अर्को खेलमा पाकिस्तानले इङल्याण्डको सामना गर्ने छ । कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि हुने छ ।प्राविधिक रुपमा पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना भएपनि व्याबहारिक रुपमा भने सम्भव देखिदैन । पाकिस्तान सेमिफाइनलमा पुग्न इङल्याण्डलाई २८७ रन अन्तरले पराजित गर्नु पर्ने देखिन्छ भने इङल्याण्डले दिएको लक्ष्य बढीमा २२ बलमा चेज गर्नुपर्ने असम्भव अंक गणित रहेको छ । यसका लागि कुनै चमत्कार नै हुनुपर्ने देखिन्छ । त्यस्तै इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ भने हाल सातौं स्थानमा रहेकाले यो खेल हारेपनि च्याम्पियन्स ट्रफिमा स्थान बनाउने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP