मंगलबार , अषोज २७, २०८३

काठमाडौं। एमालेका नेता भीम रावलले स्पष्टिकरणको जवाफी पत्र पठाउँदै अध्यक्ष केपी ओलीमाथि गम्भिर आरोप लगाएका छन्। शुक्रबार स्पष्टिकरणको १४ बुँदे जवाफी पत्र पठाउँदै ओलीलाई विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही गरेको प्रशंगमा आरोप लगाएका हुन्।

त्यस्तै उनले ओलीलाई व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपताको शिकार भइ पार्टी विधान विपरीत कार्य गरेको, पार्टी निर्णय अनेक पटक उल्लंघन गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्याएको, विशेषतः श्रमजीवी जनताको, हितमा कुठाराघात गरेको, गुटबन्दी गर्दै पार्टीविरुद्ध षडयन्त्र गरेको, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति विश्वास र निष्ठा कायम नराखेको जस्ता आरोप लगाएका छन्।

रावलले पठाएको स्पष्टिकरणमा ओलीमाथि प्रश्नै प्रश्न गर्दै भनेका छन्, ‘पार्टीको मात्र होइन देशको संविधान र देशकै प्रतिष्ठा र मर्यादामा आँच पुर्याएको, सिद्धान्त, भंग गरेको, गराएको, विपक्षीसँग ति अनुशासनबाट च्युत भएको, पार्टी र देशको गोपनीयता पटक साँठगाँठ गर्दै पार्टीलाई कमजोर तुल्याएकोले नेपाली जनता र नेकपा (एमाले) पार्टी पंक्तिलाई ती समेत धेरै विषयमा स्पष्टिकरण दिनुपर्ने प्रष्ट छ भनेका छन्।

रावलले ओलीलाई भनेका छन्, ‘तपाईले गर्नुभएका उक्त गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भइ कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ। यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनु आवश्यक छ। यसको विपरीत अवैधानिक किसिमले गठन गरिएको कुनै महाधिवेशन आयोजक कमिटीको कुनै पदाधिकारीले मलाई कुनैपनि प्रकारको पत्राचार गर्ने कार्य नै अवैध भइ अमान्य छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP