शनिबार , बैसाख ६, २०८२

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ ।

तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होलीको सुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् । बुधबार उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार मारवाडी सेवा सदनमा होली खेल्न पुगे ।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार नै सार्वजनिक स्थानमा भिडभाड नगर्न गर अटेर गरे संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । तर बुधबार उद्योगीसँग होली खेल्न पुगेका मुख्यमन्त्री राई बिहीबार विराटनगरका व्यापारीहरुको संगठन विराट व्यापार संघले आयोजना गरेको होली सुभकामना आदान प्रदान कार्यक्रममा सहभागि भएका हुन् । मुख्यमन्त्रीसँगै प्रदेश सरसकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियत पनि होली खेल्न पुगेका थिए ।

संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोरोनको जोखिम बढेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन, भिडभाड नगरी घरभित्रै बसेर होली मनाउन आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले होलीमा भिडभाड नगर्न आग्रह गर्दै अटेर गरे कारवाही गर्ने चेतावनी दिएको थियो । प्रशासनले सर्वसाधारणलाई आग्रह गरिरहँदा मुख्यमन्त्री राई भने मानेका छैनन् ।

‘मुख्यमन्त्री नै होलीको सार्वजनिक कार्यक्रममा सहभागि भएपछि सर्वसाधारणलाई आग्रह गर्दा नैतिक संकट पर्‍यो,’ जिल्ला प्रशासन कार्यालय स्रोत भन्छ,‘ जोखिम बढेका बेला भिडभाड गर्न हुदैन् ।’

सुरक्षा समितिको बैठक र सीसीएमसीको निर्णय अनुसार प्रहरीले बजारमा माइकिङ गर्दै सार्वजनिक रुपमा होली नखेल्न आग्रह गरिरहेको छ । पछिल्लो एकसातामा विराटनगरमा मात्रै १८ जना कोरोना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP