शनिबार , बैसाख २०, २०८२

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।एसियाली क्रिकेट काउन्सिल एसीसीले खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ ।

यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् । समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ ।

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन् ।

गत सेप्टेम्बरमा नेपालको सिनियर टोलीले पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।  नेपालले अघिल्लो महिना १९ औं एसियाली खेलकुदको क्वाटरफाइनलमा भारतसँग हारेको थियो ।एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP