शुक्रबार , जेठ २४, २०८२

चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ।

उनको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले सेतोपाटीलाई जानकारी दिइन्।

कलाकार सरोज खनालको पनि अकाउन्ट ह्याक भएको उनले बताइन्।

‘सरोज खनालको नामबाट बहिनी कता छौ? एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो। त्यसपछि मैले कोड पठाइदिएँ,’ निरौलाले सेतोपाटीसँग भनिन्,’पठाएको एकछिनपछि हेर्दा त फेसबुक ह्याक भएको रहेछ।’

ह्याक गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन्।

‘मेरो अकाउन्टबाट भान्जा सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रुपैयाँ दिनु न भनेर पठाइएको रहेछ। त्यसपछि भान्जाले डिटेल्स माग्यो,’ उनले भनिन्,’ सरोज दाइको अकाउन्ट ह्याक भएको रहेछ।’

फेसबुक ह्याक भएकोबारे उजुरी दिन प्रहरी कार्यालयमा बुझिरहेको उनले जानकारी दिइन्।

‘अहिले साइबर ब्युरोमा जाँदै छु,’ उनले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP