सोमबार , अषोज २६, २०८३

चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ।

उनको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले सेतोपाटीलाई जानकारी दिइन्।

कलाकार सरोज खनालको पनि अकाउन्ट ह्याक भएको उनले बताइन्।

‘सरोज खनालको नामबाट बहिनी कता छौ? एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो। त्यसपछि मैले कोड पठाइदिएँ,’ निरौलाले सेतोपाटीसँग भनिन्,’पठाएको एकछिनपछि हेर्दा त फेसबुक ह्याक भएको रहेछ।’

ह्याक गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन्।

‘मेरो अकाउन्टबाट भान्जा सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रुपैयाँ दिनु न भनेर पठाइएको रहेछ। त्यसपछि भान्जाले डिटेल्स माग्यो,’ उनले भनिन्,’ सरोज दाइको अकाउन्ट ह्याक भएको रहेछ।’

फेसबुक ह्याक भएकोबारे उजुरी दिन प्रहरी कार्यालयमा बुझिरहेको उनले जानकारी दिइन्।

‘अहिले साइबर ब्युरोमा जाँदै छु,’ उनले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP