मंगलबार , अषोज २७, २०८३

काठमाडौं ।   नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ ।  सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याएको नेपालले रन मात्रै बनाउन सक्यो । सुपर ओभरमा ओमानले पहिले ब्याटिङ गर्दै रन २१ बनाएपछि नेपालले रनको लक्ष्य पाएको थियो ।

सुपर ओभरमा नेपालका लागि बलिङ गरेका अभिनाश बोहराले रन दिए । तर ओमानका बिलाल खानले मात्रै १० रन दिए । यसअघि १ सय ८५ रनको लक्ष्य पछयाएको ओमानले पनि १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । जहाँ नेपाल असफल भयो ।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो । सन्दीपले अन्तिम ओभरमा २ विकेट लिँदै ७ रनमात्रै दिए । सन्दीपको पाँचौ बलमा कप्तान रोहित पौडेलले जम्प गर्दै उत्कृष्ट ढंगले  रोकेको चौका बाउन्स भएर फेरि चौका हुनु नै नेपालका लागि दुर्भाग्य भयो ।

यसअघि ओमानका कश्याप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए ।अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा आउट भए । उनी गुलशन झाको बलमा आउट भए ।

दोस्रो विकेटका लागि अकिब र कश्याप प्रजापतिले ६७ रनको साझेदारी गरे । कप्तान जिशान मकसुद १८ बलमा २ चौका र १ छक्कासहित २६ रनमा क्याच आउट भए । जिशान विवेक यादवको बलमा  आउट भए ।अभिनाश बोहराको १७ औं ओभरको पाँचौं बलमा कश्यप प्रजापति आउट भए ।नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

करण केसीले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नेपालका सोमपाल कामीले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । गुलशन झाले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।यसअघि कीर्तिपुरमा पहिले ब्याटिङ गरी नेपालले १ सय ८४ रन बनाएको थियो ।   कप्तान रोहित पौडेल र युवा अलराउण्डर गुल्सन झाको आक्रामक अर्धशतकको मद्दतमा नेपालले बलियो योगफल खडा गरेको हो । तर त्यसलाई जोगाउन भने सकेन् ।

कप्तान रोहित ५२ रनमा नटआउट रहे भने गुल्झन झा ५४ रन बनाएर आउट भए । यो जोडीले पाँचौ विकेटका लागि ७८ रनको साझेदारी गर्यो । ६० रनमा ४ विकेट गुमाएर संकटमा परेको नेपाललाई यो जोडीले सम्हाल्यो ।  आक्रामक खेल्दै गुल्सनले २५ बलमा अर्धशतक पुरा गरे । २५ बल सामना गरेका उनले पाँच चौका र ४ छक्का हाने ।

यस्तै रोहितले ५ चौका र २ छक्का हाने । करण केसीले पनि आक्रामक नटआउट २० रन बनाए । उनले ६ बलमा २० रन ठोके । नेपालले अन्तिम ओभरमा २४ रन बटुल्यो । २४ मध्ये १९ रन करणको ब्याट बाट आयो । यस्तै कुशल भुर्तेलले २२ बलमा ३१, सन्दीप जोराले १०, आसिफ शेखले ३, कुशल मल्लले तीन र विवेक यादवले १ रन बनाए ।
खेलमा नेपालका कप्तान रोहित पौडेलले ओमानविरुद्ध अर्धशतक बनाएका छन् । कप्तानी प्रदर्शन गर्दै रोहितले बलमा अर्धशतक बनाए ।  पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका उनले चौका र छक्का हाने । ओमानका बिलाल खानले ३ र इकबाल इलियासले २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP