मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरम  बिहान ११ बजेदेखि खेल सुरु हुनेछ। सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले  बहराइनलाई १० विकेटले हराउँदै उपाधि भीडन्त पक्का गरेका हुन् । यसअघि नै सेमिफाइनलका खेल जित्दै दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा छनौट भैससकेको छ ।

यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो। नेपाल आजको खेलमा त्यो हारको बदला लिदै घरेलु मैदानमा उपाधि राख्न चाहान्छ। उता ओमान भने नेपालविरुद्ध पहिलो खेलकै नतिजा दोहोराउने योजनामा हुनेछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले सेमिफाइनल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गर्न सक्नेछन्। चोटका बावजुद पनि सेमिफाइनल खेलेका दिपेन्द्र सिंह ऐरि आजको खेलमा टोली बाहिर रहने सम्भावना छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP