मंगलबार , असार २३, २०८३

काठमाडौं । सरकारले आज र भोलि (शुक्रबार र शनिबार) बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनको लागि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ।

यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गतआज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर, यस वर्ष कात्तिक २ र ३ गते दसैँ  परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो।

कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनाका बाल बालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको महाशाखाले जनाएको छ।

देशभरीका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ। महाशाखाले नजिकैको वितरण केन्द्रमा गई आफ्ना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

सरकारले भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन सुरु गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP