मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् ।

चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेकाे केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसपछि गत आइतबार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण माग गरेका थिए । नेपाल समूहका चार जना नेताले पत्रको जवाफ छुट्टाछुट्टै बुझाउने तयारी गरेको एक नेताले बताए । उनका अनुसार, जवाफी बिहीबार नै पठाउने तयारी भएको छ ।

‘अबेरसम्म पत्र पठाउने तयारी छ, अहिले नेताहरु पत्र लेख्दै हुनुहुन्छ’, ती नेताले भने । तर, पत्र तयार नभए भोलिसम्म पठाइने सम्भावना छ । जवाफसँगै नेपालसहितका नेताहरुले ओलीसँग पनि प्रश्न गर्ने तयारी गरेको छ ।

स्पष्टीकरण माग गरेको पत्र पाएपछि मंगलबार नेपाल समूहका स्थायी कमिटीका केही नेताहरु दिनभर छलफलमा बसेका थिए । शुक्रबार नेपाल समूहले उपलब्ध केन्द्रीय सदस्यहरुको छलफल राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP