शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईँले ओमानसँगको हारबाट सिक्दै टी–२० विश्वकप छनोटको सेमिफाइनल खेलमा कमब्याक गर्ने बताएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग ५ विकेटले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनले टिमले वर्षभर गरेको मेहनत र विश्वासले सेमिफाइनलको खेलमा कमब्याक गर्ने बताए ।

‘हामीले यो वर्षभरी निकै मेहनत गरेका छौं,’ उनले भने, ‘ह्यापी ड्रेसिङ रुममा भएका सबै सदस्यहरुमा हामीलाई विश्वास छ । हामीले हाम्रो भूमिकाको बारेमा कुरा गरेका छौं । हामी भोलि हरेक कुरालाई सुधार गर्दै कमब्याक गर्नेछौं ।’

ओमानसँगको हारले खेलाडी र आफू पनि दुखित रहेको उनले बताए । ‘खेलाडी पनि दुखी छन्, खेलाडी भन्दा पनि फ्यान दुखी छन्,’ देशाईँले भने, ‘हामीसँग २४ घण्टा छ । हामी त्यो सुधारेर भोलि खेल्नेछौं । भोलि पुन एउटा मौका छ ।’

ओमानले २ पटक टी–२० विश्वकप खेलेको छ । २०१६ र २०२१ मा विश्वकप खेलेको टिम भएकाले आजको खेलमा स्किल भर्सेस स्किलको प्रतिस्पर्धा देखिएको देशाईँले बताए । ‘हामीले हाम्रो विपक्षीलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले दुई पटक टी–२० विश्वकप खेलेका छन् । उनीहरुसँग अनुभव छ ।’

नेपालको विशेषत ब्याटिङ फ्लप हुँदा आजको योजना विफल भएको प्रशिक्षक मोन्टीले बताए ।  ‘आज हाम्रो केही योजनाहरु विफल भएकै हुन् । हामीले विकेट सम्हालेर अन्तिम ओभरसम्म जानुपर्नेमा योजना अनुरुप भएन’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP