मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । आगामी टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा बिहीबार नेपालले ओमानको सामना गर्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । बिहीबार हुने खेलले समूह बितेको टुङ्गो लगाउने छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।

टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । नेपालले यसअघि एक पटक टी—२० विश्वकप खेलेको छ । जारी छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमानले भने आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । चार अंकसहित तालिकामा नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटमा नेपालभन्दा ओमान अगाडि छ ।

दुई—दुई हार भोगिसकेका मलेसिया र सिंगापुर भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । समूह ‘ए’ को विजेताले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । समूह ‘ए’ को उपविजेताले भने सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

हाल समूह ‘बी’ मा चार अंकसहित संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो र दुई अंकसहित बहराइन दोस्रो स्थानमा छन् । दुई अंक जोडेको हङ्कङ तेस्रो र खाता खोल्न नसकेको कुवेत चौथो स्थानमा आसिन छन् ।

बिहीबार नै मुलपानी क्रिकेट मैदानमा हङ्कङले यूएई र बहराइनले कुवेतको सामना गर्दै छन् । बिहीबार दिउँसो समूह ‘ए’ को दोस्रो खेल कीर्तिपुर मैदानमा मलेसिया र सिंगापुरबिच खेलिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP