मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

आज काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभर ३ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे ।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, रोहित पौडेलले ३५, आशिफ शेखले २७ रन जोडे । सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

सिंगापुरका रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । यस्तै, आर्यवीर चौधरीले ३७, मानप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे ।

नेपालका करण केसीले तीन तथा सन्दीप लामिछाने, गुल्शन झा र अभिनाश बोहराले दुई–दुई विकेट लिए ।

नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP