आइतबार , बैसाख ७, २०८२

काठमाडौँ– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

आज काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभर ३ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे ।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, रोहित पौडेलले ३५, आशिफ शेखले २७ रन जोडे । सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

सिंगापुरका रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । यस्तै, आर्यवीर चौधरीले ३७, मानप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे ।

नेपालका करण केसीले तीन तथा सन्दीप लामिछाने, गुल्शन झा र अभिनाश बोहराले दुई–दुई विकेट लिए ।

नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP