शुक्रबार , भाद्र १२, २०८३

विश्वकप क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ५ रनले हराएको छ ।

शनिबार भारतको धर्मशालामा अष्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो ।

रचिन रवीन्द्र एक्लैले ११६ रन बनाएका थिए । पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका ओपनयरद्वय डेभोन कोनवे २८ र विल योङ ३२ रनमा आउट भएका थिए । रवीन्द्रले तेस्रो विकेटका लागि डेरिल मिसेलसँग ७८ रनको साझेदारी गरे । मिसेल ५४ रन बनाएर आउट भए ।

त्यसपछि रवीन्द्रले टोम लाथमसँग ५४ र ग्लेन फिलिप्ससँग ४३ रनको साझेदारी गरे । रवीन्द्र ११६ रनमा आउट हुँदा न्यूजिल्याण्डको स्कोर २९३/६ थियो ।

जेम्स निसमले आक्रामक पारी खेल्दै न्यूजिल्याण्डलाई जित नजिक पुर्‍याएका थिए । अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको थियो र निसम ५१ रन बनाएर खेलिरहेका थिए ।

अन्तिम बल खेल्नुअघि निसम ५८ रन बनाएर आउट भए । अन्तिम बलमा छक्का चाहिएको थियो, लोकी फर्गुसनले रन नै जोड्न सकेनन् ।

अष्ट्रेलियाका एडम जाम्पाले ३ तथा जोस ह्याजलउड र पेट कुमिन्सले २–२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ह्याभिड हेडको शतकको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो ।

उसको सुरुवात निकै राम्रो रह्यो । डेभिड वार्नर र हेडले पहिलो विकटका लागि १७५ रनको साझेदारी गरे । वार्नर ८१ रनमा आउट भए ।

त्यसपछि भने ठूलो साझेदारी बन्न सकेन । थप २५ रन जोड्दा हेड पनि १०९ रन बनाएर पभेलियन फर्किए । स्टिभ स्मिथ १८, मिसेल मार्स ३६, मार्नस लाबुसेन १८ रनमा पभेलियन फर्किए, जतिबेला अष्ट्रेलियाको स्कोर २७४/५ थियो ।

तर जोस इंग्लिसले छैटौं विकेटका लागि ग्लेन म्याक्सवेलसँग ५१ र सातौं विकेटका लागि पेट कुमिन्ससँग ६२ रनको साझेदारी गर्दै ३८८ को स्कोर बनाए । म्याक्सवेल ४१, इंग्लिस ३८ र कुमिन्स ३७ रनमा आउट भए ।

न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ विकेट लिए भने मिसेल सेन्टनरले २ विकेट हात पारे ।

सुरुको दुई खेल गुमाएको अष्ट्रेलिया लगातार चार जितसँगै ८ अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान ८ अंक जोडेको न्यूजिल्याण्ड रन रेटमा अगाडि भएका कारण तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको भारतको समान १०/१० अंक छ । तर भारतले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP