सोमबार , अषोज २६, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनबाट सबै दललाई बाईबाई गर्ने उद्घोष गरेका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको वृहत भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा अरु दललाई एक सिट पनि जित्न नदिने उद्घोष गरेका हुन् ।

‘आउने चुनावमा कुनै दललाई एक सिट पनि जित्न दिँदैनौं । ‘हाम्रो आँखैअगाडि नयाँ दलका रुपमा २१ जना सांसद सदनमा आएका छन् । स्थानीय तहमा एक से एक होनहार मानिस आएका छन्,’– उनले भने ।

सरकारमा रहेका दलहरुले संविधान दिवसकै दिन मान्छे काट्नेलाई आममाफी दिएर के गर्न सक्छौं? भनेर ठाडो चुनौति दिएको उनले बताए ।

सरकारमा रहेका दलहरुले भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेको उनको आरोप छ । सरकारले गरेको नराम्रा कामविरुद्ध चर्को आवाजमा विरोध गर्न सुझाव आएको उल्लेख गर्दै उनले अब दवाब दिने नभएर ०८४ सालमा एकै पटक सबै दललाई बाईबाई गर्ने तयारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP