मंगलबार , बैसाख २९, २०८३

चीनले पछिल्लो एक वर्षमा आफ्नो आणविक हतियारको भण्डारमा तीव्र रुपमा बढोत्तरी गरेको अमेरिकाले दाबी गरेको छ । योसँगै अब चीनसँग रहेको आणविक हतियारको संख्या ५०० पुगेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जारी ग्रेको एक वार्षिक प्रतिवेदनमा सन् २०३० सम्ममा चीनले आफ्नो आणविक हतियारको संख्या दोब्बर बनाउन चाहेको पनि दाबी गरिएको छ ।

यद्यपि सुरुमा आफूले आणविक हतियारको हमला नगर्ने नीतिमा चीन अहिलेपनि कायम रहेको समेत उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्ट अनुसार चिनिया आणविक हतियारमा भएको वृद्धिको उक्त संख्या पूर्वानुमान गरिएको भन्दा निकै धेरै हो । तथापि चीनको परमाणु हतियारको भण्डार अहिले पनि अमेरिका तथा रुसको तुलनामा अत्यन्तै कम हो ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्यूटका अनुसार रुससँग करिब ५८८९ वटा आणविक हतियार छन् भने अमेरिकासँग रहेको आणविक हतियारको संख्या ५२४४ छ ।

अमेरिका चिन्तित

अमेरिकी राष्ट्रपति जो बाइडन

सन् २०२१ मा अमेरिकी रक्षा मन्त्रालयले चीनसँग करिब ४ सय आणविक हतियार रहेको आँकलन गरेको थियो ।

एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले हालै सञ्चारमाध्यमहरुसँग कुरा गर्दै चिनियाँ आणविक हतियारको तीव्र वृद्धि अमेरिकाका लागि ठूलो चिन्ताको विषय रहेको बताएका छन् ।

उनी भन्छन्, ‘हामीले यो संकेत दिने कोसिस गरिरहेका छैनौं कि चीन उसका लागि गरिएका अनुमानभन्दा धेरै अगाडि बढिसकेको छ । हामी केवल यो कुरा बुझाउने कोसिस गरिरहेका छौं कि चीन उक्त आँकलनभन्दा अगाडि निस्किने मार्गमा छ ।’

चिनियाँ राष्ट्रपति सि जिनपिंगले सन् २०४९ सम्ममा चीनसँग एक विश्वस्तरीय सेना हुने बताइसकेका छन् । सन् २०१२ मा सत्ता सम्हालेसँगै उनले चिनियाँ सेनाको आधुनिकीकरणमा काम गरिरहेका छन् ।

चीनले बनायो ३ नयाँ आणविक स्थल

चीनले हाल जुन प्रकारको आणविक हतियारको भण्डार बढाउने काम गरिरहेको छ त्यो अघिल्ला प्रयासहरुको तुलनामा निकै तीव्र तथा जटिल रहेको बिहीबार सार्वजनिक पेन्टागनको रिपोर्टमा उल्लेख छ।

अमेरिकी अधिकारीहरुका अनुसार चीनले आफ्ना मिसाइल स्थलहरुका तीनवटा नयाँ क्लस्टरहरु निर्माणको काम सम्भवतः सन् २०२२ मै पूरा गरिसकेको छ ।

रिपोर्ट अनुसार यी तीन नयाँ स्थानहरुमा कम्तिमा पनि तीन सयवटा नयाँ आईसीबीएम साइलोज छन् । आईसीबीएमको अर्थ त्यस्ता ब्यालेस्टिक क्षेप्यास्त्र हुन् जसको मारक दूरी ५५ सय किलामिटर भन्दा धेरै हुन्छ ।

अमेरिकी रिपोर्टमा चिनियाँ सेनाको रकेट फोर्सले केही यस्ता आईसीबीएम विकसित गर्ने प्रयास गरिरहेको दाबी गरिएको छ जसले चीनबाट अमेरिकाको हवाई तथा अलास्का लगायतका क्षेत्रमा पारम्परिक आक्रमण गर्ने धम्की दिने क्षमता राख्नेछ ।

चीन आफ्नो नीतिमा कायम

रिपोर्ट अनुसार चीन आफ्नो आणविक हतियारमा वृद्धि गर्नुका बाबजुत आफ्नो डिटेरेन्सको नीतिमा कायम रहेको छ । यसको अर्थ चीनले आफ्नो तर्फबाट सुरुमा आणविक हतियारहरुको प्रयोग गर्नेछैन ।

इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका शोधार्थी हेनरी बोएड भने यो वृद्धिदर धेरै असाधारण नलाग्ने बताउँछन् ।

उनका अनुसार आफ्नो १ हजार आणविक हतियार बनाउने घोषित लक्ष्यतर्फ अघि बढ्ने उसको गति पूर्वानुमानभन्दा केहीमात्रै धेरै हो ।

एसिया सोसाइटी पोलिसी इनस्टिच्युटका अधिकारी लयल मरिसका अनुसार हाइपरसोनिक मिसाइलहरु लगायतका कारण चीन आफ्नो दोस्रो पटकमा मात्र आणविक हतियार प्रयोग गर्ने नीतिमा अडिनसमेत गाह्रो भैरहेको छ । सोही कारणले पनि उसले आफ्नो हतियारको भण्डारमा बढाउन बाध्य भैरहेको छ ।

-बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP