शनिबार , बैसाख ६, २०८२

पाल्पा — सदरमुकाम तानसेन बजारनजिकैको वनदेवी, होलाङ्दी, श्रीनगरडाँडा वनक्षेत्रमा बुधबार बेलुकीदेखि भीषण डढेलो लागेको छ । डढेलोले होलाङदीको वन कार्यालय क्षेत्र, तालिम हल, नर्सरी, अप्पुभिलेज, श्रीनगर गणेश, भुसालडाँडा क्षेत्रमा रातभर डढेलो लागेको हो ।

डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलका अनुसार बुधबार बेलुकी नै वन कर्मचारी, सेना, प्रहरी र नगरपालिकाको दमकल डढेलो लागेको क्षेत्रमा पठाइएका थिए । श्रीनगर डाँडामा चण्डी सामुदायिक वन हुँदै आगो सल्किएको थियो । बिहीबार बिहान गणेश सामुदायिक वन क्षेत्रमा डढेलो सल्किएको छ ।

पोखरेलका अनुसार प्रहरी रातभर वनछेउका घर जोगाउन सक्रिय भएको छ । नगरपालिकाको दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । होलाङदीको वनदेवी क्षेत्र, अप्पुभिलेजमा पनि रातभर डढेलो लागेको स्थानीय कृष्ण कार्कीले जानकारी दिए ।

देउराली सामुदायिक वनमा डढेलो कसले लगायो भन्ने थाहा हुन नसकेको डिभिजन वनले जनाएको छ । श्रीनगरडाँडा र वनदेवी क्षेत्रमा सल्लाको जंगल छ । आगो निभाउन भन्दा पनि घरछेउ आए जोगाउने प्रयासबाहेक अन्य उपाय नभएको प्रहरीले जनाएको छ ।

जिल्लाका चुरे तथा अन्य वनक्षेत्रमा दिनहुँ आगलागी हुने गरेको छ । खडेरी मौसम र रूखका पात झरेकाले जानेर वा नजानेर आगलागी हुने गरेको छ । वनमा आगलागी हुँदा जडीबुटी, वृक्षरोपण गरिएको बिरुवा जोगाउन मुस्किल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP