मंगलबार , अषोज २७, २०८३

भिक्टोरिया, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्य कोरोनामुक्त बनेसँगै राज्य सरकारले शुक्रबार साँझ ६ बजेबाट राज्यमा लगाइँदै आएको कोभिड १९ कोरोनाको प्रतिबन्धलाई थप खुकुलो बनाउँने भएको छ । अब भिक्टोरियाका रिटेल शपहरु र सपिंग सेन्टरमा जाँदा मास्क अनिवार्य हुनेछैन ।

यस्तै भिक्टोरियावासीले शुक्रबारबाट आफ्नो घरमा १ सय जनासम्म व्यक्तिहरुको जमघट गर्न सक्नेछन् । अब कार्यालयमा सबै कर्मचारीले काम गर्न पाउने भएपनि २ मिटरको भौतिक दूरि भने कायम गर्नुपर्नेछ । सार्वजनिक स्थलमा २ सय जनासम्म भेला हुन सक्नेछन् । आगामी शुक्रबारबाट सरकारी सेवाका कर्मचारीहरु साताको तीन दिन काममा जान पाउनेछन् । क्यासिनो, नाईट क्लब, डान्सफ्लोरमा २ मिटर स्क्वायरको नियम लागू हुनेछ भने यहाँ सहभागी हुन पाउनेको संख्या भने निश्चित गरिएको छैन । ईन्डोरका यस्ता ठाउँहरुमा कार्यक्रमस्थलको ७५ प्रतिशत क्षमतामा चलाउन पाइने भएको छ । यो संख्या १ हजारबाट बढाउन नपाइनेगरि सिमा तोकिएको छ । कार्यवाहक प्रिमियर जेम्स मर्लिनोले सार्वजनिक यातायात, ट्याक्सीहरु, राईडसेयर सर्भिस तथा एज्डकेयर होम र अस्पतालहरुमा भने मास्क अझै अनिवार्य रहेको जानकारी दिनुभएको छ ।

केही दिनअघि मात्रै एकजना संक्रमित निको भएर घर फर्किएपछि भिक्टोरिया राज्यले शुन्य कोरोना संक्रमितको सफलता पाएको हो । पछिल्लो समय हरेक दिन १३ हजार हाराहारिमा परिक्षण भैरहेकोमा सबैलाई कोभिड १९ कोरोना नेगेटिभ देखिनेगरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP