
काठमाडौं । नेपालले त्रिकोणात्मक टि २० आई सिरिजमा विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई सात विकेटले हरायो ।
विकेटले पराजित गर्यो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरी युएईले दिएको १ सय ४१ रन को ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि नटआउट १२९ रनको साझेदारी गर्दै जित दिलाए ।
पौडेल ५१ र ऐरी ३४ रनमा नटआउट रहे ।यस्तै दीपेन्द्रसिंह ऐरीले सर्वाधिक रन बनाए । यस्तै आसिफ शेखले २३, कुशल भूर्तेलले १४, कुशल मल्लले ११ रनको योगदान गरे । यसअघिटस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । मध्यक्रमका युवा ब्याटर बासिल हामिदको अर्धशतकको मद्दतमा पाहुना टोली मध्यम लक्ष्य दिन सफल भएको थियो ।
हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै इनिङ उकासे ।
तेस्रो विकेटका लागि आसिफ खान र मोहम्मद वासिमले २४ रनको साझेदारी गरेका थिए ।नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।
अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नेपालका स्पिनर भने विकेटविहीन बने । मौसम ढकालले डेब्यू खेलमा २ ओभरमा १४ रन खर्चिए । दीपेन्द्रले २ ओभरमा १९ रन खर्चिए । कुशल मल्लले २ ओभरमा १३ रन दिए ।