मंगलबार , अषोज २७, २०८३

प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।

बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत प्रष्ट पारेका छन् ।

‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’

ओलीले आफ्नो कार्यकालमा सरकारले धेरै काम गरेको दाबी गरे । उनले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । सँगै ओलीले सरकारले सडकलाई बालबालिका र सडक मानवमुक्त बनाएकोसमेत दोहोर्याएका छन् ।

सरकारले सामाजिक क्षेत्रमा धेरै काम गरेको भन्दै उनले नेपाल विकसित देशभन्दा पनि माथि पुगेको दाबी गरे । संसदमा महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको उल्लेख गर्दै उनले त्यसलाई ५० प्रतिशत पुर्याउने उद्घोषसमेत गरेका छन् ।

सरकारले विकास र निर्माणमा धेरै प्रगति गरेको दाबी गर्दै ओलीले दुई वर्षमै थानकोट नौबिसे सुरुङ निर्माणको काम पूरा हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP