मंगलबार , बैसाख २९, २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आफूले मिलाएको भएपनि अहिले ओली र दाहाल अलग अलग हुनुमा प्रमुख कारण र दोषी प्रचण्ड भएको टिप्पणी गरेका छन् । उनले प्रचण्ड घेराबन्दीमा परेको दाबी गरे ।

उनले आफूले अहिलेपनि प्रचण्ड र ओलीलाई मिलाउन प्रयास गरेको र पछिल्लो समय भेटवार्ता गरेको पनि जनाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले आफूले प्रचण्डको साथ नछोडेको पनि स्पष्ट पारे । उनले अहिलेपनि ओली र प्रचण्डलाई मिलाउनको लागि आफूले प्रयास गरेको सुनाए । उनले प्रचण्डलाईमात्रै नभएर माओवादी पार्टीलाई नै सिध्याउनको लागि नारायणकाजी श्रेष्ठ खटिएको गम्भीर आरोप लगाए ।

आफूले अहिलेपनि प्रचण्डमाथि कटाक्ष नगरेको प्रसाईको जिकिर छ । उनले आफू र प्रचण्डबीच एक रुपैयाँपनि लेनदेन नगरेको जिकिर गरे । उनले प्रचण्डबाट आफूले आजसम्म एक रुपैयाँपनि पैसा नलिएको बरु चुनावको बेला आफूले आर्थिक सहयोग गरेको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP