शनिबार , बैसाख ६, २०८२

मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आफूले मिलाएको भएपनि अहिले ओली र दाहाल अलग अलग हुनुमा प्रमुख कारण र दोषी प्रचण्ड भएको टिप्पणी गरेका छन् । उनले प्रचण्ड घेराबन्दीमा परेको दाबी गरे ।

उनले आफूले अहिलेपनि प्रचण्ड र ओलीलाई मिलाउन प्रयास गरेको र पछिल्लो समय भेटवार्ता गरेको पनि जनाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले आफूले प्रचण्डको साथ नछोडेको पनि स्पष्ट पारे । उनले अहिलेपनि ओली र प्रचण्डलाई मिलाउनको लागि आफूले प्रयास गरेको सुनाए । उनले प्रचण्डलाईमात्रै नभएर माओवादी पार्टीलाई नै सिध्याउनको लागि नारायणकाजी श्रेष्ठ खटिएको गम्भीर आरोप लगाए ।

आफूले अहिलेपनि प्रचण्डमाथि कटाक्ष नगरेको प्रसाईको जिकिर छ । उनले आफू र प्रचण्डबीच एक रुपैयाँपनि लेनदेन नगरेको जिकिर गरे । उनले प्रचण्डबाट आफूले आजसम्म एक रुपैयाँपनि पैसा नलिएको बरु चुनावको बेला आफूले आर्थिक सहयोग गरेको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP