मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गरेका छन् । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला टीकापुर हत्याकाण्डका प्रमुख योजनाकारका आरोपमा जन्मकैदको सजाय पाएका निलम्बित सांसद चौधरीलाई भेट्न महतो बुधबार डिल्लीबजार कारागार पुगेका हुन् ।

एमालेसँग सत्ता साझेदारीका लागि रेशम चौधरीको मुद्दा फिर्तालाई जसपाले प्रमुख एजेण्डा बनाइरहेका बेला बुधबार रेशम चौधरीकै भनाइ भन्दै ओलीसँग सहकार्य गर्न नहुने, बरु जेलमै कुहिने समाचार बाहिर आएको थियो ।

त्यसलगत्तै डिल्लीबजार कारागार पुगेका नेता महतोले एमालेसँग सत्ता साझेदारीमा जान नहुनेबारे बोलेको हो ? भन्दै चौधरीलाई सोधेका थिए ।

जवाफमा निलम्बित सांसद चौधरीले आफूले कोहीसँग पनि त्यस्तो नभनेको प्रतिक्रिया दिएका थिए । चौधरीले आफूले सत्ता सहकार्य लगायतका राजनीतिक विषयमा कोहीसँग केही कुरा नगरेको भन्दै बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित भएको जवाफ महतोलाई दिएका थिए ।

जसपाभित्र ओली नेतृत्वको सरकारमा जानुपर्छ र जान हुँदैन भन्ने दुई धार देखिँदै आएको छ । यहीबेला चौधरीले जेलभित्रैबाट ओलीसँग सहकार्य गर्नु हुँदैन भनेको प्रतिक्रिया बाहिर आएको थियो ।

सत्ता साझेदारीका सम्बन्धमा बाहिर के भइरहेको छ, त्यो कुरा आफूलाई थाहा नभएको र प्रधानमन्त्री तथा उनको दलसँग सहकार्य गर्ने वा नगर्नेबारे पार्टीले नै निर्णय गरोस् भन्ने आफूले चाहेको चौधरीले महतोलाई बताएका थिए ।

आफूले बोलेको भन्दै बाहिर आएको समाचारमा सत्यता नभएको र त्यसले आफ्नो चित्त दुखाएको भन्दै पार्टीको निर्णय आफूले मान्ने र पार्टी एक ढिक्का भएर अगाडि बढेको हेर्न चाहेको उनले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP