मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । जारी आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबिचको वहुप्रतिक्षीत भिडन्त शनिबार हुँदैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । भारत र पाकिस्तानबिचको  खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यी दुई राष्ट्रको राजनीतिक सम्बन्धको प्रभाव क्रिकेटमा समेत पर्ने गरेको छ । त्यसैले पनि विश्वभरका करोडौँ क्रिकेट प्रेमीलाई यी दुई राष्ट्रबिचको खेलको प्रशिक्षा रहन्छ ।

यी दुवै राष्ट्रले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । भारत १९८३ र सन् २०११ र तथा पाकिस्तान सन् १९९२ को विश्वकप विजेता हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुई टोली नै पहिलो र दोस्रो स्थानमा छन् ।

भारत आईसीसी वरीयताको पहिलो स्थानमा छ । पाकिस्तान वरीयताको दोस्रो स्थानमा छ ।जारी विश्वकपमा हालसम्म यी दुवै राष्ट्रले दुई—दुई खेल खेलिसकेका छन् । दुवै खेलमा यी दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छन् । आयोजक राष्ट्र भारतले आफ्नो पहिलो खेलमा पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो ।

आफ्नो दोस्रो खेलमा भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानमाथि आठ विकेटको जित निकालेको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । दोस्रो खेलमा पाकिस्तानले श्रीलङ्कामाथि ६ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।। हालसम्म भारत र पाकिस्तानबीच कुल एक सय ३४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ ।

त्यसमध्ये ७३ वटा एकदिवसीय खेलमा पाकिस्तानले भारतलाई हराएको छ । भारतले भने ५६ खेलमा मात्र पाकिस्तानलाई हराउन सकेको छ । यी दुई राष्ट्रबिच पाँचवटा खेल भने अनिर्णीत रूपमा सकिएका छन ।
भारतले एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग हालसम्म हारेको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् । जसमा ७ खेलमा नै भारत विजयी भएको छ । भारत विश्वकपमा अपराजित यात्रा कायमै राख्न खोज्नेछ । पाकिस्तान विश्वकपमा भारतलाई पहिलो पटक हराउन चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP