मंगलबार , अषोज २७, २०८३

चेन्नई । न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराउँदै एकदिवसीय विश्वकपमा लगातार तेस्रो जीत हासिल गरेको छ । शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२.५ ओभरमा पछ्यायो ।

न्युजिल्याण्डले पहिलो खेलमा साबिक विजेता इंग्ल्याण्डलाई ९ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । बंगलादेशविरुद्ध लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको सुरुवात भने सोचे अनुरूप भने हुन सकेन ।

रचिन रवीन्द्र तेस्रो ओभरमा नै ९ रन बनाएर मुस्तफिजुर रहमानको बलमा विकेटकिपर मुसफिकुर रहिमबाट क्याच आउट भए । त्यसपछि भने डेभोन कनवे र कप्तान केन विलियमसनले खेल सम्हाले ।

कनवे ४५ रन बनाएर शाकिब अल हसनको शिकार बने । यता कप्तान विलियमसन ७८ बनाउँदै रिटायर्ड हर्ट भएर मैदान छाडेका थिए । खेलको नायक डेयरल मिचेल रहे । उनले नटआउट रहँदै ८९ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । बंगलादेशका लागि मुसफिकुर रहमानले सर्वाधिक ६६ रनको योगदान दिए । उनलाई कप्तान शाकिब अल हसनले ४० रन बनाउँदै राम्रो साथ दिएका थिए ।

त्यस्तै मोहम्मदुल्लाहले ४१ तथा मेहदी हसन मिराजले ३० रन बनाए । न्युजिल्याण्डका लागि लोकी फर्गुसनले कसिलो बलिङ गर्दै ३ विकेट लिए । ट्रेन्ट बोल्ट र म्याट हेनरीले २–२ विकेट लिए । बोल्टले एक दिवसीय खेलमा २ सय विकेटको कोशेढुंगा पनि पार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP