सोमबार , अषोज २६, २०८३

नेपाली कांग्रेसको प्रवासस्थित निकाय नेपाली जनसम्पर्क समिति कतारको पाँचौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले सभापतिमा मोहम्मद अजिज अलिलाई निविरोध निर्वाचित गरेको छl अलिको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्l स्याङ्गजा घर भएर लामो समयदेखि कतारमा कार्यरत अलि विद्यार्थीकालदेखिनै राजनीतिमा सक्रिय छन्।

नेपाली कांग्रेसका उपसभापति पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनका विशिष्ठ अतिथिहरु कांग्रेस महामन्त्री डा. शशांक कोईराला केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी केन्द्रीय सदस्य एनपी साउद नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रविन भट्टराई जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले सम्बोधन गरेका थिए l

भर्चुअल जुममार्फत गरिएको अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा बोल्दै प्रमुख अतिथि निधिले जनसम्पर्क समिति कतारले विश्वब्यापी फैलिएको कोभिड १९ को प्रतिकुल अवस्थामा पनि प्रबिधि मार्फत अधिवेशन भव्यरुपमा सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको भन्दै अन्य जनसम्पर्क समितिहरुले पनि यी विधिबाट यथासक्य अधिवेशनहरु सम्पन्न गर्न सुझाए।

कार्यक्रमको दौरान चितवनमा रहेका महामन्त्री कोइरालाले चितवन एयरपोर्टबाटनै जुम भिडियो कल गरि अधिवेशन सफलताको शुभकामना दिएका थिएl अर्जुन नरसिंह केसी, एनपी साउदलगायतका केन्द्रीय नेताहरुले सम्बोधनका क्रममा जनसम्पर्क समिति कतारले प्रविधिमार्फत गरेको भब्य अधिवेशनले आफूहरू जनसम्पर्क समिति कतारको दोस्रो अधिवेशनमा भौतिक रूपमा कतारमा उपस्थित भएको स्मरण ताजा गराएको भन्दै खुशी व्यक्त गरेएका थिएl

कार्यक्रममा नेपाली दूतावासका दित्तीय सचिवले वर्तमान कोभिड १९ को अवस्था कतार सरकार र स्वास्थ्य संगठनको निर्देशित कानुनको दायरामा रहेर नेपाली समुदायले आफ्ना गतिबिधि गर्नु पर्नेछ भन्दै जनसम्पर्क समितिले त्यहि दायरामा रहेर आफ्नो अधिवेशन गर्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए l

जनसम्पर्क समिति कतारका अधिवेशन प्रतिनिधिहरु र विश्वभरिका जनसम्पर्क समितिका सभापतिहरु दोहाका बैचारिक संस्थाका प्रमुख एनआरएनए आइसीसी र एनसीसी पत्रकार महासंघ र सामाजिक संस्थाका प्रमुखहरु भर्चुअल कार्यक्रममा जोडिएका थिए l

कार्यक्रमको बन्द सत्रबाट सभापति अजिज अलिसहित उपसभापतिहरुमा ठाकुर कुमार परियार, राम कुमार मण्डल र अर्जुन चापागाई महामन्त्रीमा केदार भुसाल र अबु अलि सहमहामन्त्रीमा भोजबहादुर साउद र खगेन्द्र खनाल कोषाध्यक्षमा केदार शर्मा सहकोषाध्यक्षमा महेश्वर मण्डल निर्बिरोध निर्वाचित भए।

त्यसैगरि समितिको सदस्यहरुमा शिवराज गौतम,रामेश्वर मण्डल, छबिलाल भट्टराई, तिलकराम घिमिरे, अनुप जोरा, वाहिद अलि, दिपजंग शाह, कृष्ण पन्थी, मो. इन्दाज आलम, बसन्तराज पुरी, प्रेम चलाउने, रामु रेग्मी, कलाउद्दीन नदाफ र ईशिलाल पण्डित रहेका छन्।

त्यसै गरि प्रदेश नम्बर २ को संयोजक शेख हनिफ मिया ३ को संयोजक डेग बहादुर भारती ४ को बिकाश भुजेल ५ को कृष्ण शाह ७ को नरेश जैसी छन्l

अधिवेशनले नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि ३ महासमिति सदस्य र ४ महाधिवेशन प्रतिनिधिहरु पनि निर्वाचित गरेको छ। सभापति अजिज अलि (पदेन)-स्याङ्गजा सहित संस्थापक सभापति नरेन्द्र भाट-डडेल्धुरा र संस्थापक महामन्त्री बिमल सुवेदी- कास्की महासमिति सदस्य रहेका छन भने महाधिवेशन प्रतिनिधिहरुमा क्रान्ति सिंह-अर्घाखाँची, शंकर न्यौपाने-पाल्पा , प्रविन गुरुङ-चितवन र राजु रेग्मी (राज)- बाग्लुङ छन्l

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP