सोमबार , अषोज २६, २०८३

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दिमाग खराब’ले प्रचार अभियानअन्तर्गत टिकटक प्रतिस्पर्धा आह्वान गरेको छ । पछिल्लो रिलिज गीत ‘झम्के झमा झम’ गीतमा टिकटक तथा युट्युब भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा निर्माताले गरेका छन् ।

टिकटकमा उत्कृष्ट हुनेलाई ५० हजार र युट्युबमा भिडियो बनाउनेलाई डेढ लाख रुपैयाँ पुरस्कार दिने निर्माताले जनाएका छन् । प्रतियोगितामा सहभागी हुनेले टिकटक र युट्युब भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ ।

प्रतिस्पर्धीले भिडियो पोस्ट गर्दा ‘झमके झमा झम’ र दिमाग खराब ह्यासट्यागको प्रयोग गर्नुपर्ने जनाइएको छ । उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै निर्माण कम्पनी सिनेमा आर्ट्सको आगामी फिल्ममा काम गर्ने अवसरसमेत प्रदान गरिने उल्लेख छ ।

‘झम्के झमाझम’ गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले र सुमित खड्काको स्वर छ । गीतको भिडियोलाई शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन् ।

सिनेमा आर्ट तथा ब्ल्याक हर्स फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायत कलाकारको अभिनय छ । सामाजिक-राजनीतिक कथावस्तुमा बनेको फिल्मलाई आकाश बरालले लेखेका हुन् भने निर्देशन निश्चल बस्नेतले गरेका छन् ।

फिल्म कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP