मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । इजरायल–प्यालेस्टाईन द्वन्द्वका विषयमा इरानका राष्ट्रपति इब्राहिम रायसी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानबीच बुधबार फोन वार्ता भएको छ ।

इरान र साउदी अरेबियाका सरकारी मिडियाले यसको पुष्टि गरेका छन् । इरानी मिडियाको रिपोर्ट अनुसार रायसी र युवराजबीच ‘प्यालेस्टाइनविरुद्ध युद्ध अपराध अन्त्य गर्ने आवश्यकता’बारे छलफल भएको हो।

साउदी अरेबियाको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदी अरेबियाका युवराजले राज्यले वर्तमान तनाव रोक्न सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय पक्षसँग वार्ताका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।‘उनले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्ने आवश्यकतामा जोड दिए र गाजामा गम्भीर मानवीय संकट र नागरिकमा यसको प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरे।’

कुराकानीमा युवराजले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न व्यापक र निष्पक्ष प्रयासलाई साउदी अरबले समर्थन गर्ने बताए। सात वर्षदेखि दुई देशबीच कूटनीतिक सम्बन्ध थिएन तर चीनको मध्यस्थतामा यही वर्षको मार्चमा उनीहरूबीच पुनः सम्बन्ध सुरु भएको थियो। त्यसपछि इरान र साउदी अरबका नेताहरूबीच अहिले पहिलोपटक फोनवार्ता भएको हो। त्यसैले इरान र साउदी अरेबियाबीचको यो वार्ता  महत्त्वपूर्ण मानिएको छ ।चीनको मध्यस्थतामा साउदी अरेबिया र इरानले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने घोषणा गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP