मंगलबार , असार २३, २०८३

जनता समाजवादी पार्टी, नेपालका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् । फागुन २३ गतेपछि जसपाका नेताहरुसँग प्रधानमन्त्री ओलीले लगातार छलफल गरिरहेका छन् । यो बीचमा जसपाले अघि सारेका माग पूरा गराउनको लागि एमाले र जसपा नेपाल नेताहरु सम्मलित कार्यदल समेत गठन गरेको छ । कार्यदलका सदस्यहरुपनि नियमित छलफलमा छन् ।

आजमात्रै, प्रधानमन्त्री ओलीसँग अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतोसहित कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले भेटेका थिए । आजको भेटवार्ता सकारात्मक भएको नेता कर्णले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार जसपाका माग पूरा गराउनको लागि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

सरकारमा जानेगरि नै जसपा र प्रधानमन्त्रीबीच छलफल भएको उच्च स्रोतले जनाएको छ । ठाकुर र महतोको पक्षमा २६ जना सांसद उभिएको जनाईएको छ । पछिल्लो समय सरकारमा जाने कि नजाने भन्नेबारे जसपाभित्र विवाद छ । अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी भन्दै सत्ता सहकार्य गर्न नहुने सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् । यादवसँगै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीलाई विदा गर्नुपर्ने भन्दै उनीसँग सहकार्य गर्न नहुने अडान लिएका छन् ।

तर, ठाकुरको पक्षमा दुई तिहाईभन्दा बढि सांसद उभिने भएपछि प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि ठाकुर र महतो अघि बढे उनीहरु मौन बस्ने पनि बुझिएको छ । स्रोतकाअनुसार प्रधानमन्त्रीसँग ठाकुर र महतोले दश वटा मन्त्रालय दिन माग गरेका छन् । तर, प्रधानमन्त्रीले ८ वटा मन्त्रालय दिने सहमति जनाएका छन् । आगामी एक साताभित्रै सरकारमा जानेगरि प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोको भेटवार्ता चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP