बुधबार , असार ४, २०८२

काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक भारत र अष्ट्रेलियाबीचको खेल रोचक बनेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलिया १९९ रनमा समेटिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भारतले दुई रनमै तीन विकेट गुमाएपछि खेल रोमाञ्चक बनेको हो ।

भारतका ओपनर जोडी रोहित शर्मा र इशान किसान दुवै शून्यमा आउट भए । विश्वकपमा दुवै ओपनरले रन नबनाइ आउट भएको यो सातौंपटक हो । चौंथो नम्बरमा आएका श्रेयस ऐयरले पनि स्कोरबोर्डमा कुनै दख्खल दिन सकेनन् । उनी पनि शून्यमा आउट भएपछि भारत दबाबमा परेको छ ।

पहिलो विकेटका रुपमा इसान किसनलाई मिचेल स्टार्कले क्याच आउट गराएका थिए । अफ साइडमा स्वीङ भएको बललाई बाउन्ड्रीको दिशा दिने प्रयासमा किसन क्याचआउट भए । दोस्रो ओभरमा जोस हेजलवुडले कप्तान रोहित शर्माको ठूलो विकेट लिए । उनले शर्मालाई एलबीडब्लु आउट गराए । शर्माले डीआरएसको सहारा लिन खोजे पनि सफल भएनन् ।

सोही ओभरमा हेजलवुडलाई दोस्रो सफलता मिल्यो । उनले श्रेयर एयरलाई डेभिड वार्नरको हातबाट क्याचआउट गराएका छन् ।
भारतको टप अर्डर भत्किएपछि २०० रनको मामुली लक्ष्य पनि ठूलो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP