मंगलबार , असार २३, २०८३

पिस्ता ड्राइ फुड तथा मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने बनस्पति हो । यसले हाम्रो स्वास्थ्यको लागि निकै फाइदा गर्दछ । ठुला–ठुला होटल तथा रेस्टुरेन्टहरुमा यसलाई मुख्य मसलाको रुपमा प्रयोेग गरिन्छ । यसको स्वादले खानालाई स्वादिलो बनाउनुको साथै शरीरका विभिन्न भागहरुमासमेत फाइदा पु¥याउने भएकोले यसको प्रयोग धेरै गर्ने गरिन्छ ।

यसको खेती र प्रयोग पनि बढ्दो छ । यसलाई बोटबाट टिपेर भुटेर ड्राइ फुडको रुपमा प्रयोग गर्ने गरिन्छ । कतिपय मानिसहरुलाई यसको बारेमा र फाइदाहरु थाहा नहुन सक्छ । यसले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याउदछ । जसले हाम्रो शरीर स्वस्थ हुनुको साथै आँखालाई समेत फाइदा गर्दछ । यसका फाइदाहरु निम्न रहेका छन् ।

१. पिस्तामा आइरन, पोटासियम, म्याग्नेसियम, फस्फोरस तथा भिटामिन बी६ को मात्रा बढ्दो रुपमा पाइन्छ ।
२. पिस्ताको नियमित प्रयोगले मुटुजन्य समस्याहरुबाट बचाउछ र मुटुका धड्कनलाई नियमित बनाउन मद्दत गर्दछ ।
३. ५० दाना पिस्तामा १६० क्यालोरी पाइन्छ । यसलाई लो क्यालोरीको रुपमा प्रयोग गर्ने गरिन्छ ।
४. पिस्तामा अन्यधिक मात्रामा फाइबर पाइन्छ जसले, पाचन प्रणालीमा सन्तुलन ल्याउन मद्दत गर्दछ ।
५. पिस्तामा पाइने क्यारोटिनोइड गुण पाइन्छ जसले, आँखाको ज्योतीलाई बलियो बनाइराख्न मद्दत गर्दछ ।
६. पिस्तामा माछा मासुमा पाइने प्रोटिनको मात्रा लुकेर बसेको हुन्छ । जुन शाकाहारी तथा मांशाहारी दुबैको लागि फाइदा हुन्छ ।
७. पिस्तामा पाइने फिटोसटेरोल्स तत्वले अन्य श्रोतबाट प्रवेश गर्ने कोलेस्टेरोललाई सोस्ने काम गर्दछ ।
८. पिस्ताको दैनिक प्रयोगले क्यान्सर तथा मुटुजन्य रोगको लागि प्रतिरोधात्मक क्षमता बढाउछ ।
९. पिस्तामा फेनोलिक तत्व पाइन्छ जसले, हाम्रो शरीरमा रहेको विषादीहरुलाई नष्ट गर्ने काम गर्दछ । जुन विषादीनाशक गुणले हाम्रो शरीरमा तनाव उत्पन्न हुन दिदैँन ।
१०. पिस्तामा विशेष प्रकारको चिल्लो पदार्थ पाइन्छ जसले हाम्रो शरीरलाई फाइदा गर्दछ ।
११. पिस्ताको नियमित प्रयोगले रक्तचाप हुने व्यक्तिहरुका लागि फाइदा पु¥याउँदछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP