शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आज बिहीवारदेखि भारतमा शुरु हुँदैछ ।

एक लाख ३२ हजार दर्शक क्षमताको नरेन्द्र मोदी स्टेडियम अहमदावादमा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ । भारतले पहिलोपटक पूर्ण आयोजकको हैसियतमा प्रतियोगिता आयोजना गर्दै छ।

विश्वकपको उद्घाटन खेलमा आज दिउँसो सवा २ बजे साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीच भीडन्त हुनेछ । यो विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्गलोरमा हुनेछन् । विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । दुई पटकको विश्व विजेता वेस्ट इन्डिज भने यस पटक विश्वकपमा छनोट हुन असफल भयो ।

आज अक्टोबर ५ तारिखदेखि शुरु हुने विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म अर्थात ४६ दिन चल्नेछ । राउन्ड रोबिनका आधारमा प्रतियोगिता हुने भएकाले सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टिमबीच ४८ खेल हुनेनछ । शीर्ष चारमा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

सन् १९७५ देखि शुरु भएको एकदिवसीय विश्वकपको यो १३ औँ संस्करण हो । हालसम्म २० देशले विश्वकप खेल्दा ६ देशले मात्रै उपाधि जितेका छन्। ।एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टिम अस्ट्रेलिया हो, अस्ट्रेलियाले पाँच पटक विश्वकप जितेको छ । भारत र वेस्ट इन्डिजले समान दुई तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक–एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP