आइतबार , बैसाख ७, २०८२

काठमाडौं । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो ।  ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि नेपाली जित हासिल गर्न सकेन्  ।

हारसँगै नेपालले क्रिकेटबाट पदक जित्ने सम्भावना पनि सकिएको छ। टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।

दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए । नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दबाबमा राखेको थियो । कुशल मल्लले २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २९ रनको योगदान गरे । कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । करन केसीले १३ बलमा २ छक्का र एक चौका सहित नटआउट १८ रन जोडे । भारतविरुद्ध  धैर्यता गुमाएर लामो सट खेल्ने धुनमा  ८ ब्याटर क्याच आउट भए।

नेपाललाई जितको लागि १९ बलमा ४७ रन चाहिँएको थियो ।आक्रामक प्रदर्शनका साथ नेपाली ब्याटरले खेललाई रोमान्चक बनाएका थिए । तर जित हासिल भएन् र

नेपालले ११ औं ओभरमा दुई प्रमुख विकेट गुमाउनु नेपाललाई अर्को भारी पर्यो । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । यही ओभरको अन्तिम बलमा रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भए ।
स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आउट भए ।नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए ।

यसअघि भारतले यशस्वी जैसवालको शतकीय ईनिङमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP