मंगलबार , अषोज २७, २०८३

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन ढिलाई गर्न नहुने बताएका छन् । उनले विपक्षी दलहरुले प्रधानमन्त्री ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढिरहेको पनि टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफ्नो पार्टीले अगुवाई नगर्ने र कांग्रेस प्रतिपक्षमा नै बस्ने बताएपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–‘पहले आप,पहले आप’ भन्दाभन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे!विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ!सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो!यो वा उ बहानामा भाग्ने गल्ती नगरौं!‘

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP