मंगलबार , असार ३, २०८२

पछिल्लो समय काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् ।

डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलको भनाइ छ ।

कात्तिक मध्यसम्म डेङ्गीको जोखिम रहनसक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । काठमाण्डौ महानगरपालिकामा असोज पहिलो सातासम्म सङ्क्रमित शून्यको अवस्थामा रहेका थिए । तर अहिले एकाएक सङ्क्रमितको संख्या बढ्न थालेको छ ।

नेपालमा डेङ्गी सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP