शुक्रबार , भाद्र १२, २०८३

देशमा सत्ता संघर्ष चलिरहँदा चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छिन् । उनले राजनीतिक दलका नेताहरुलाई निरन्तर भेटिरहेकी छिन् ।

सोमबार यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । भेटमा सम्भावित राजनीतिक घटनाक्रमबारे छलपल गरेको बुझिएको छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि यान्छीले दुवै दलका नेताहरुलाई पहिलोपटक भेटेकी हुन् । उनले अन्य दलका नेताहरुसँग पनि भेटवार्ता गर्दै आएकी छिन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि राजदूत यान्छीले गत हप्ता भेटवार्ता गरेकी छिन् । यसलाई नयाँ सत्ता समिकरणमा चीनले भूमिका खेल्न खोजेको रुपमा बुझिएको छ ।

यसअघि चीनले नेकपा एकता टुट्न नदिन भूमिका खेलेको थियो । तर, त्यो प्रयास सफल हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP