शनिबार , बैसाख ६, २०८२

देशमा सत्ता संघर्ष चलिरहँदा चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छिन् । उनले राजनीतिक दलका नेताहरुलाई निरन्तर भेटिरहेकी छिन् ।

सोमबार यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । भेटमा सम्भावित राजनीतिक घटनाक्रमबारे छलपल गरेको बुझिएको छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि यान्छीले दुवै दलका नेताहरुलाई पहिलोपटक भेटेकी हुन् । उनले अन्य दलका नेताहरुसँग पनि भेटवार्ता गर्दै आएकी छिन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि राजदूत यान्छीले गत हप्ता भेटवार्ता गरेकी छिन् । यसलाई नयाँ सत्ता समिकरणमा चीनले भूमिका खेल्न खोजेको रुपमा बुझिएको छ ।

यसअघि चीनले नेकपा एकता टुट्न नदिन भूमिका खेलेको थियो । तर, त्यो प्रयास सफल हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP