मंगलबार , अषोज २७, २०८३

काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध खेल्दा नेपालले कीर्तिमानै कीर्तिमान बनाएको छ ।

रेकर्ड बाढी ल्याउँदै नेपालले अनेकौं विश्व कीर्तिमान कायम गर्यो । टिम र व्यक्तिगत दुवैमा नेपालले यो सफलता हासिकल गर्यो । नेपाली खेलाडिले विश्वका दिग्गज खेलाडिले बनाएका रेकर्ड ब्रेक गरिदिए ।

मंगोलियाविरुद्ध पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ३१४ रन बनाउँदा विश्व क्रिकेटका कयौं रेकर्ड तोडिए ।

यस्ता छन नेपालले बनाएका कीर्तिमान :

१. टी–२० अन्तर्राष्ट्रियमा ३ सय रन बनाउने पहिलो टोली बन्यो नेपाल

नेपाल टि २० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बन्यो । नेपालले ३१४ रन बनायो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो । त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

२. टी–२० अन्तर्राष्ट्रियमा मा फराकिलो जित 

नेपालले एउटै टी–२० म्याचमा सर्वाधिक छक्काको कीर्तिमान पनि  राख्यो । ।  नेपालका ब्याट्सम्यानहरूले २६ छक्का प्रहार गरे । कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८  र रोहित पौडेलले ६  प्रहार गरे ।एउटै टी–२० इनिङमा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो । सन् २०१९ मा आयरल्यान्डविरुद्धको म्याचमा अफगान ब्याट्सम्यानहरूले २२ छक्का प्रहार गरेका थिए । यस्तै वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सन् २०२३ मा २२ छक्का हानेको थियो । यी दुवै टिमको संयुक्त कीर्तिमान आज नेपालले तोडिदिएको छ ।व्यक्तिगत सर्वाधिक शतक बनाउनेको सूचीमा भने कुशल मल्ल सातौँ स्थानमा छन् । एउटै म्याचमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यानको सूचीमा अफगानिस्तानका अज्रातुल्लाह जदाइको नाममा छ । उनले आयरल्यान्डविरुद्धको म्याचमा १६ छक्का हानेका थिए ।

३. एकै  इनिङमा सर्वाधिक छक्का

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो । ३१४ रन बनाएको नेपालले मंगोलियालाई ४१ रनमा अलआउट गर्यो ।

४. टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो कुशलको शतक

कुशल मल्लले यो खेलमा ३४ बलमा शतक बनाए । यो टि२० आई इतिहासकै सर्वाधिक छिटो हो । । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए । कुशलले आफ्नो १ सय ३७ रनको ईनिङमा ५० बल सामना गर्दा १२ छक्का र आठ चौका हाने

५. सर्वाधिक छिटो ९ बलमै दीपेन्द्रकोअर्धशतक

मंगोलियाविरुद्धको यो खेलमा दीपेन्द्रसिंह ऐरीले अदभूत प्रदर्शन गरे । उनले  ९ बलमा ८ छक्कासहित ५० रन बनाए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टि २० आईमा भारतका युवराज सिंहले १२, ओडिआईमा दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले १६ र टेस्टमा पाकिस्तानका मिस्बाह उल हकले २१ बलमा अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रको यो कीर्तिमान संभवतः तोडिने छैन ।

६. तेस्रो विकेटका लागि विश्व कीर्तिमान

कुशल मल्ल र रोहित पौडेललेले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरे । टि २० अन्तर्राष्ट्रियमा यो  तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रन जोडेका थिए ।
टि २० आईमा सर्वाधिक ठूलो साझेदारी अफगानिस्तानका उस्मान घानी र हज्रतुल्लाह जजाईले पहिलो विकेटका लागि २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए ।

७ .सर्वाधिक रन रेट

नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरुद्ध ३१४ रन बनाउँदानेपालकोे  रन रेट १५.७ रह्यो । २३ फेब्रुअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८र३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।

८. स्ट्राइक रेटमा पनि दीपेन्द्रको कीर्तिमान

बुधबार दीपेन्द्रसिंह ऐरीको नाममा हाइएस्ट स्ट्राइक रेटको रेकर्ड दर्ता भयो । मात्र १० बलमा नटआउट ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो । १० बल सामना गरेका दीपेन्द्रले आठ बलमा छक्का हाने ।

यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ थियो ।

९. शुरुवाती ६ बलमा ६ छक्का

दीपेन्द्रले आफूले सामना गरेका शुरुका ६ बलमा ६ छक्का हाने । यो पनि  कीर्तिमान हो । कुनै पनि ब्याट्सम्यानले आफूले सामना गरेका ६ बलमा छ छक्का हान्ने शायद कल्पना गर्न सक्छन, तर दीपेन्द्रले त्यो गरेर देखाए ।  दीपेन्द्र ५ बल अन साइडमा र १ छक्का अफ साइडमा हिर्काए । उनी छक्काबाहेक अरू केही हान्ने मुडमै देखिएनन्। १० बल सामना गर्दै उनले आठ छक्का हाने, जसमा एउटा पनि चौका छैन ।

१०.ओडिआई र टि २० आई दुबैमा छिटो शतक

कुशल नेपालबाट ओडिआई र टि२० आई दुबैमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । टि२० आईमा उनले ३४ र ओडिआईमा गत मार्चमा ओमानविरुद्ध ५९ बलमा शतक पूरा गरेका थिए ।

यसअघि टि२० आईमा पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक हानेका थिए । ओडिआईमा कुशलले तोड्नु अघि रोहित पौडेलले पपुवा न्युगिनीविरुद्ध २०२२ मा ९१ बलमा हानेका थिए ।

११.दीपेन्द्रको नाममा ७ अर्धशतक

दीपेन्द्रको यो सातौं टि२० आई अर्धशतक हो । योसँगै टि२० आईमा नेपालबाट उनी सर्वाधिक धेरै अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । उनीपछि कुशल भुर्तेलले ६ र पारस खड्काले ५ अर्धशतक प्रहार गरेका छन् ।

१२.१२ छक्का हान्ने पहिलो नेपाली खेलाडी

कुशलले मंगोलियाविरुद्ध कुल १२ छक्का प्रहार गरे । उनी कुनैपनि खेलमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली ब्याटर हुन् । गत अप्रिलमा कुशलले ओडिआईमा ओमानविरुद्ध १० छक्का हानेका थिए । आफ्नो उक्त कीर्तिमान तोडेका हुन् । टि२० आईमा २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध समान ९ छक्का हानेका थिए ।

१३. रोहित र कुशलको १९ बलमा अर्धशतक

कुशल र रोहितले १९ बलमा अर्धशतक पूरा गरे । यो नेपालबाट सर्वाधिक छिटो टि२० आई अर्धशतक हो । यसअघि ज्ञानेन्द्र मल्लले २०१९ मा मलेसियाविरुद्ध २० बलमा हानेका थिए । त्यस्तै ओडिआईमा गत मार्चमा आसिफ शेखले पपुवा न्युगिनीविरुद्ध २१ बलमा हानेका थिए । नेपालको इतिहासमै भने ज्ञानेन्द्रले २०१२ मा साउदी अरेवियाविरुद्ध १८ बलमा पूरा गरेका थिए ।

१४.  कुशलले बनाए एकै खेलमा सर्वाधिक रन 

कुशल नेपालबाट कुनैपनि एक अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । कुशलले रोहित पौडेलको २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध बनाएको १ सय २६ रनको कीर्तिमान तोडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP