शुक्रबार , बैसाख २६, २०८२

काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध खेल्दा नेपालले कीर्तिमानै कीर्तिमान बनाएको छ ।

रेकर्ड बाढी ल्याउँदै नेपालले अनेकौं विश्व कीर्तिमान कायम गर्यो । टिम र व्यक्तिगत दुवैमा नेपालले यो सफलता हासिकल गर्यो । नेपाली खेलाडिले विश्वका दिग्गज खेलाडिले बनाएका रेकर्ड ब्रेक गरिदिए ।

मंगोलियाविरुद्ध पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ३१४ रन बनाउँदा विश्व क्रिकेटका कयौं रेकर्ड तोडिए ।

यस्ता छन नेपालले बनाएका कीर्तिमान :

१. टी–२० अन्तर्राष्ट्रियमा ३ सय रन बनाउने पहिलो टोली बन्यो नेपाल

नेपाल टि २० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बन्यो । नेपालले ३१४ रन बनायो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो । त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

२. टी–२० अन्तर्राष्ट्रियमा मा फराकिलो जित 

नेपालले एउटै टी–२० म्याचमा सर्वाधिक छक्काको कीर्तिमान पनि  राख्यो । ।  नेपालका ब्याट्सम्यानहरूले २६ छक्का प्रहार गरे । कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८  र रोहित पौडेलले ६  प्रहार गरे ।एउटै टी–२० इनिङमा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो । सन् २०१९ मा आयरल्यान्डविरुद्धको म्याचमा अफगान ब्याट्सम्यानहरूले २२ छक्का प्रहार गरेका थिए । यस्तै वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सन् २०२३ मा २२ छक्का हानेको थियो । यी दुवै टिमको संयुक्त कीर्तिमान आज नेपालले तोडिदिएको छ ।व्यक्तिगत सर्वाधिक शतक बनाउनेको सूचीमा भने कुशल मल्ल सातौँ स्थानमा छन् । एउटै म्याचमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यानको सूचीमा अफगानिस्तानका अज्रातुल्लाह जदाइको नाममा छ । उनले आयरल्यान्डविरुद्धको म्याचमा १६ छक्का हानेका थिए ।

३. एकै  इनिङमा सर्वाधिक छक्का

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो । ३१४ रन बनाएको नेपालले मंगोलियालाई ४१ रनमा अलआउट गर्यो ।

४. टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो कुशलको शतक

कुशल मल्लले यो खेलमा ३४ बलमा शतक बनाए । यो टि२० आई इतिहासकै सर्वाधिक छिटो हो । । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए । कुशलले आफ्नो १ सय ३७ रनको ईनिङमा ५० बल सामना गर्दा १२ छक्का र आठ चौका हाने

५. सर्वाधिक छिटो ९ बलमै दीपेन्द्रकोअर्धशतक

मंगोलियाविरुद्धको यो खेलमा दीपेन्द्रसिंह ऐरीले अदभूत प्रदर्शन गरे । उनले  ९ बलमा ८ छक्कासहित ५० रन बनाए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टि २० आईमा भारतका युवराज सिंहले १२, ओडिआईमा दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले १६ र टेस्टमा पाकिस्तानका मिस्बाह उल हकले २१ बलमा अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रको यो कीर्तिमान संभवतः तोडिने छैन ।

६. तेस्रो विकेटका लागि विश्व कीर्तिमान

कुशल मल्ल र रोहित पौडेललेले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरे । टि २० अन्तर्राष्ट्रियमा यो  तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रन जोडेका थिए ।
टि २० आईमा सर्वाधिक ठूलो साझेदारी अफगानिस्तानका उस्मान घानी र हज्रतुल्लाह जजाईले पहिलो विकेटका लागि २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए ।

७ .सर्वाधिक रन रेट

नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरुद्ध ३१४ रन बनाउँदानेपालकोे  रन रेट १५.७ रह्यो । २३ फेब्रुअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८र३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।

८. स्ट्राइक रेटमा पनि दीपेन्द्रको कीर्तिमान

बुधबार दीपेन्द्रसिंह ऐरीको नाममा हाइएस्ट स्ट्राइक रेटको रेकर्ड दर्ता भयो । मात्र १० बलमा नटआउट ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो । १० बल सामना गरेका दीपेन्द्रले आठ बलमा छक्का हाने ।

यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ थियो ।

९. शुरुवाती ६ बलमा ६ छक्का

दीपेन्द्रले आफूले सामना गरेका शुरुका ६ बलमा ६ छक्का हाने । यो पनि  कीर्तिमान हो । कुनै पनि ब्याट्सम्यानले आफूले सामना गरेका ६ बलमा छ छक्का हान्ने शायद कल्पना गर्न सक्छन, तर दीपेन्द्रले त्यो गरेर देखाए ।  दीपेन्द्र ५ बल अन साइडमा र १ छक्का अफ साइडमा हिर्काए । उनी छक्काबाहेक अरू केही हान्ने मुडमै देखिएनन्। १० बल सामना गर्दै उनले आठ छक्का हाने, जसमा एउटा पनि चौका छैन ।

१०.ओडिआई र टि २० आई दुबैमा छिटो शतक

कुशल नेपालबाट ओडिआई र टि२० आई दुबैमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । टि२० आईमा उनले ३४ र ओडिआईमा गत मार्चमा ओमानविरुद्ध ५९ बलमा शतक पूरा गरेका थिए ।

यसअघि टि२० आईमा पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक हानेका थिए । ओडिआईमा कुशलले तोड्नु अघि रोहित पौडेलले पपुवा न्युगिनीविरुद्ध २०२२ मा ९१ बलमा हानेका थिए ।

११.दीपेन्द्रको नाममा ७ अर्धशतक

दीपेन्द्रको यो सातौं टि२० आई अर्धशतक हो । योसँगै टि२० आईमा नेपालबाट उनी सर्वाधिक धेरै अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । उनीपछि कुशल भुर्तेलले ६ र पारस खड्काले ५ अर्धशतक प्रहार गरेका छन् ।

१२.१२ छक्का हान्ने पहिलो नेपाली खेलाडी

कुशलले मंगोलियाविरुद्ध कुल १२ छक्का प्रहार गरे । उनी कुनैपनि खेलमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली ब्याटर हुन् । गत अप्रिलमा कुशलले ओडिआईमा ओमानविरुद्ध १० छक्का हानेका थिए । आफ्नो उक्त कीर्तिमान तोडेका हुन् । टि२० आईमा २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध समान ९ छक्का हानेका थिए ।

१३. रोहित र कुशलको १९ बलमा अर्धशतक

कुशल र रोहितले १९ बलमा अर्धशतक पूरा गरे । यो नेपालबाट सर्वाधिक छिटो टि२० आई अर्धशतक हो । यसअघि ज्ञानेन्द्र मल्लले २०१९ मा मलेसियाविरुद्ध २० बलमा हानेका थिए । त्यस्तै ओडिआईमा गत मार्चमा आसिफ शेखले पपुवा न्युगिनीविरुद्ध २१ बलमा हानेका थिए । नेपालको इतिहासमै भने ज्ञानेन्द्रले २०१२ मा साउदी अरेवियाविरुद्ध १८ बलमा पूरा गरेका थिए ।

१४.  कुशलले बनाए एकै खेलमा सर्वाधिक रन 

कुशल नेपालबाट कुनैपनि एक अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । कुशलले रोहित पौडेलको २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध बनाएको १ सय २६ रनको कीर्तिमान तोडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP