शुक्रबार , भाद्र १२, २०८३

प्रधानमन्त्री ऋषि सुनकले आगामी पुस्ताले चुरोट किन्न नसक्ने नियम लगाउने बारेमा विचार गरिरहेको बताएको छ । सुनकले गत वर्ष न्युजिल्यान्डमा पारित भएका कानूनहरू जस्तै धुम्रपान विरोधी उपायहरूका विचार गरिरहेको बताइएको छ, जसमा जनवरी १, २००९ मा जन्मेका जो कोहीलाई पनि सुर्ती बेच्न प्रतिबन्ध लगाइने छ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले आगामी पुस्तालाई चुरोट किन्नबाट रोक्ने उपायहरू प्रस्तुत गर्ने विचार गर्दै छन्, गार्जियनले सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार लेखेको छ । बेलायती सरकारका प्रवक्ताले रोयटर्सलाई इमेलको जवाफमा भने, ‘हामी धेरै मानिसहरूलाई धुम्रपान छोड्न र २०३० सम्म धुम्रपान मुक्त हुने हाम्रो महत्वाकांक्षा पूरा गर्न प्रोत्साहित गर्न चाहन्छौं, त्यसैले हामीले यसलाई कम गर्नका लागि धुम्रपानको दर घटाएका छौं ।’

उनले थपे कि, ती उपायहरूमा निः शुल्क नमुना भ्याप किट बितरण, गर्भवती महिलाहरूलाई चुरोट छोड्न प्रोत्साहित गर्ने भौचर योजना र अनिवार्य सिगरेट प्याक सम्मिलित गर्नका लागि परामर्शका योजना समावेश छ। समाचारमा भनिएको छ, विवादित नीतिहरू अर्को वर्ष सम्भावित चुनाव अघि नै सुनकको टोलीबाट यो नयाँ उपभोक्ता अभियानको घोषणा गर्नेछन । बेलायतले गत मे महिनामा खुद्रा बिक्रेताहरूले बालबालिकालाई भेप दिन प्रतिबन्ध लगाएको थियो । गत जुलाईमा इङ्गल्याण्ड र वेल्सका छुट्टाछुट्टै काउन्सिलहरूले पनि सरकारलाई वातावरणीय र स्वास्थ्य दुवै आधारमा २०२४ सम्ममा भेप बिक्रीमा प्रतिबन्ध लगाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP