आइतबार , बैसाख ७, २०८२

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा निर्वाचित भएका छन् ।

क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेकोमा पारस ४८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाए। खड्काले ११ मतान्तरले विजयी भएका हुन् ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।पदाधिकारीमा सचिव र खुला सदस्य तथा प्रदेश सदस्यका लागि निर्वाचन भएको हो ।

काठमाडौं प्रदेशको सदस्य र बागमती प्रदेशको अध्यक्ष हुँदै केन्द्रिय चुनावमा लडेका हुन । प्रमुख पदमा सचिव बाहेक अन्य सबैमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । तर सचिव पदमा सर्वसम्मत नहुन नसकेपछि निर्वाचन भएको हो ।

पारसले क्यानको नेतृत्वमा आउन दुई वर्षअघि खेल जीवनबाट सन्न्यास लिएका थिए । त्यस्तै महिला सदस्यमा जयन्ती देवी भट्ट पनि सर्बसम्मत रुपमा निर्वाचित भएकी छन । सात प्रदेशबाट एक एक जना सदस्यमा निर्वाचित हुन्छन् । जसमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केसी सर्वसम्मत प्रदेश कोटामा सदस्यमा निर्वाचित भएका थिए । अब पाँच प्रदेश र पाँच खुल्ला सदस्यको मतगणना अन्तिम रुपमा टुङ्गो लाग्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP