मंगलबार , बैसाख २९, २०८३

भारत आइसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा उक्लिएको छ।

गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो।

एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो। एसिया कपमा भारतसँग पराजित भएसँगै उसको वरीयता तेस्रोमा पुगेको थियो भने अष्ट्रेलियाले पहिलो वरीयता कायम गरेको थियो।

पहिलो वरीयतामा रहेको अष्ट्रेलियालाई शुक्रबार पराजित गरेसँगै भारतले क्रिकेटका तीन वटै फर्म्याटमा कब्जा जमाएको छ। भारत टेस्ट र टी-२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ।

एकदिवसीयमा पनि पहिलो वरीयतामा उक्लिएपछि भारतले इतिहास बनाएको छ।

पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन। त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने सम्भावना छैन।

यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ। नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन। नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो। यद्यपी नेपालले दुवै खेलमा हार ब्यहोरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP