शुक्रबार , चैत्र २८, २०८१

चालु आर्थिक वर्षमा ४.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एशियाली विकास बैंक (एडिबी)ले गरेको छ।

बुधबार नेपाल अपडेट सार्वजनिक गर्दै गत वर्ष गरिएको आयात कडाई र  मागमा आएको कमीले अपेक्षाकृत आर्थिक वृद्धि नहुने अनुमान एडिबीको छ।

आयत कडाईले सरकारको राजस्व परिचालनमा असर गरेको उल्लेख एडिबीले गरेको छ।

सरकारले यस वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो। एडिबीले भने अहिलेको परिपेक्षमा ४.३ प्रतिशत पुग्न सक्ने अनुमान गरेको छ।

तर, माग बढ्न नसकेमा यो लक्ष्य पूर्ति नहुने उल्लेख गरिएको छ। यद्यपि मागमा सुधार आउने अपेक्षा एडिबीको छ।

मागमा वृद्धि गर्न सरकार तथा राष्ट्र बैंकले नीतिगत अग्रसरताको सुरुवात गरेका छन्। राष्ट्र बैंकले नीतिगत दर केही घटाएको छ। त्यस्तै पुँजीगत खर्च बढाउन सरकारले नयाँ कार्यनीति लिएको छ।

यसै समयमा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान गरिएको छ।

त्यस्तै, चालु आर्थिक वर्षमा मूल्य वृद्धि ६.२ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतभित्र मूल्य वृद्धिदर नियन्त्रण गर्ने लक्ष्य राखेको छ।

साउनमा भने ७.५२ प्रतिशतको मूल्य वृद्धिदर पुगेको छ।

मूल्य वृद्धिदरलाई नियन्त्रण गर्नको लागि विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने नीति लिएका छन्। जसको प्रभाव नेपालको मूल्य वृद्धिदरका पर्ने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु